back
CTIZAN AD

संघीय सरकारविरुद्ध प्रदेश सरकार अदालत जाने

वि.सं.२०७६ फागुन २३ शुक्रवार

672 

shares

२३ फागुन, जनकपुरधाम । सङ्घीय सरकारले वीरगञ्ज चिनी कारखानाको स्वामित्वको जग्गाको केही भाग बिक्री गर्न गरेको निर्णयविरुद्ध प्रदेश नं २ सरकार अदालत जाने भएको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले सङ्घीय सरकारले वीरगञ्ज चिनी कारखानाको छ बिघा जग्गा बिक्री गर्ने निर्णयविरुद्ध अदालत जाने निर्णय गरेको हो ।

बैठकले सार्वजनिक जग्गा प्रदेश सरकार मातहत हस्तान्तरणका लागि सङ्घीय सरकारलाई आग्रह गर्ने निर्णयसमेत गरेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले जानकारी गराए । साथै कृषिसँग सम्बन्धित महत्वपूर्ण कार्यालयहरु सङ्घ सरकारले आफ्नै मातहत राखेकामा उक्त कार्यालयसमेत हस्तान्तरणका लागि पहल गर्ने निर्णय गरेको हो ।

यसैबीच प्रदेश सरकारले निर्माण गर्न लागेको एकीकृत नमूना बस्ती निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिने र सोको लागि समझदारी गर्ने निर्णयसमेत गरेको छ । प्रदेश सरकारको आजको बैठकले कक्षा १ देखि ८ सम्मको अतिविपन्न दलित तथा मुस्लिम छात्रालाई उपलब्ध गराउने भनिएको मासिक रु ५०० छात्रवृत्तिसम्बन्धी निर्दे्शिकासमेत पारित गरेको प्रेस संयोजक मिश्रले जानकारी गराए ।

त्यसैगरी रौतटहको गौरस्थित राइस मिलको जग्गाको स्वामित्व प्रदेश सरकारमा हस्तान्तरण गराउने प्रक्रिया थालनीको लागि आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवको नेतृत्वमा एक सदस्यीय कार्यदलसमेत गठन गरेको छ । रासस

वि.सं.२०७६ फागुन २३ शुक्रवार २१:५४ मा प्रकाशित

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...