back
CTIZAN AD

काठमाण्डौंमै शिक्षिकाको यस्तो उग्ररुप, कम नम्बर ल्याएको भन्दै ३४ विद्यार्थीको हात चिर्न लगाइन्

वि.सं.२०७६ फागुन २४ शनिवार

1.2K 

shares

२४ फागुन, काठमाण्डौं । परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै काठमाण्डौंको जडीबुटीस्थित जागृति एकडेमीकी शिक्षिकाले ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी छिन् । हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौ जना कक्षा ७ का छन् ।

कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन् । राम्रो नम्बर नल्याउनेको हात चिरिदिने भन्दै उनले परीक्षाको वेला धम्की दिएकी थिइन् । धम्की अनुसार नै उनले राम्रो नम्बर ल्याउन नसकेको विद्यार्थीलाई विहिबार बेन्चमा उभ्याएर सिसाकलम तिर्खाने ब्लेडले हात चिर्न लगाएको पीडित विधार्थीले बताए । निर्देशन नमाने आफैं चिरिदिने धम्की दिएपछि आ–आफ्नो हात कोटेको विद्यार्थीले बताए ।

पीडित विद्यार्थीका अनुसार परीक्षाको फूलमाक्र्स २० निर्धारण गरिएको थियो । शिक्षिकाले १५ भन्दा कम ल्याउने सबैको हात काटिएको छ । १५ नम्बर आसपास ल्याउनेको भने काटिएको छैन ।

यस विषमा शिक्षिका सितालक्ष्मी कर्माचार्यले विद्यार्थीलाई डर देखाउन यस्तो गरेको बताएकी छन् । उनले आफूले डर देखाउन थोरै काट्न भनेको तर विद्यार्थीले बढी काटेको भन्दै एकपटकलाई माफी मागेकी छन् ।  शनिबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।

वि.सं.२०७६ फागुन २४ शनिवार ०८:२० मा प्रकाशित

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...