back
CTIZAN AD

पोस्टमर्टम गर्नु पर्ने महारोगलाई ‘सिटामोल’ सेवनले कति दिन धान्ला र हौ पुनम गुरुङज्यु ?

वि.सं.२०७६ फागुन २४ शनिवार

1.2K 

shares

 अक्सर यस्ता नेपालीपाराका रंगीन प्रदर्शनहरुको मूल कारण र जड बिगतको ‘जीत-हार’ हुनेगर्दछ  ।  बेलायतमा पनि त्यसो भएन होला भनेर पत्याईहाल्ने स्थिति छैन । हामी फरक भूगोलमा बाँचे पनि हाम्रो आम चरित्र करिब करिब उस्ता-उस्तै छन ।

भाका मिलायो बेलायती एनआरएनएले पनि भन्यो ‘मन त मेरो नेपाली हो’ ! भर्खर आफ्नो स्थापनाको पन्द्रौँ बर्षगाँठ रंगीन वातावरणमा धुमधामसंग मनाएको राष्ट्रिय समन्वय परिषद बेलायतमा सल्लाहकार मात्र १६५ जना रहेछ । कल्पना गर्नुस त यसको सांगठानिक आकार र औकात कति भयानक अनि भीमकाय होला ! हामी जस्तो ‘हार्डड्राईभ’ को हौवा र अमेरिकी हेजेमोनिक शैलीमा संसारकै ठुलोबाट क्रमश तेश्रो र चौथो तिर ओरालो लाग्दै गरेको एनआरएनए अमेरिका र त्यसका सामान्य सदस्यहरुको लागि त यो भीमकाय परिदृश्य कल्पना गर्न समेत गाह्रो !

‘आर्थिक अनियमितताहरुको छानविन गर’ ! भन्ने न्यायोचित नाराका साथ नेपाली शैलीमा वर्तमान अध्यक्ष कुमार पन्तलाई प्रतीकात्मक ‘कालो टालो’ देखाईएको दृश्य हिजो मात्र फेसबुक र अन्य सामाजिक संजालमा हेर्न पाईयो । अक्सर यस्ता नेपालीपाराका रंगीन प्रदर्शनहरुको मूल कारण र जड बिगतको ‘जीत-हार’ हुनेगर्दछ  ।  बेलायतमा पनि त्यसो भएन होला भनेर पत्याईहाल्ने स्थिति छैन । हामी फरक भूगोलमा बाँचे पनि हाम्रो आम चरित्र करिब करिब उस्ता-उस्तै छन ।

आवरणमा न्यायोचित माग सहितका केही आवाजहरु बाहिर आएपनि अन्तर्य र यथार्थ चाँही अलि फरक भएको कुरो बेलायती नेपालीहरुबाट यता हड्सनवारीसम्मै कुरो आईपुगेको छ । केही असन्तुष्टीहरु भीमकाय सल्लाहकारहरुको नियुक्तिका कारणले बिजारोपण भएका रहेछन । यो बिबादलाई न्यूनीकरण गर्न अरु पन्द्र-बीस जना सल्लाहकार थपथाप गरेर नेपाली पाराले थामथाम थुमथुम पार्नको लागि वर्तमान अध्यक्ष पुनम गुरुङलाई सुझाब सहितको दवाब पर्न थालेको कुरो पनि बाहिरिएको छ ।

हामी आफ्नो स्वार्थका लागि विषयान्तर गर्न माहिर छौं । अनियमितताहरुको छानविन अनि वित्तीय पारदर्शिता होइन थप सल्लाहकार नियुक्तिले असन्तुष्टीहरु न्यूनीकरण हुने स्थिति देखियो । हरेक बदमासीलाई ढाकछोप गर्न तथाकथित ‘छानविन समिति’ गठन गर्ने तर प्रतिबेदन कहिल्यै सार्वजनिक नगर्ने जिर्ण महारोग हामीले अमेरिकामा देखि भोगी आएकै हौँ । पोस्टमर्टम गर्नु पर्ने महारोगलाई ‘सिटामोल’ को सेवनले कति दिन धान्लान र हौ पुनम गुरुङज्यु ?

वि.सं.२०७६ फागुन २४ शनिवार ०८:३५ मा प्रकाशित

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...