
अक्सर यस्ता नेपालीपाराका रंगीन प्रदर्शनहरुको मूल कारण र जड बिगतको ‘जीत-हार’ हुनेगर्दछ । बेलायतमा पनि त्यसो भएन होला भनेर पत्याईहाल्ने स्थिति छैन । हामी फरक भूगोलमा बाँचे पनि हाम्रो आम चरित्र करिब करिब उस्ता-उस्तै छन ।
भाका मिलायो बेलायती एनआरएनएले पनि भन्यो ‘मन त मेरो नेपाली हो’ ! भर्खर आफ्नो स्थापनाको पन्द्रौँ बर्षगाँठ रंगीन वातावरणमा धुमधामसंग मनाएको राष्ट्रिय समन्वय परिषद बेलायतमा सल्लाहकार मात्र १६५ जना रहेछ । कल्पना गर्नुस त यसको सांगठानिक आकार र औकात कति भयानक अनि भीमकाय होला ! हामी जस्तो ‘हार्डड्राईभ’ को हौवा र अमेरिकी हेजेमोनिक शैलीमा संसारकै ठुलोबाट क्रमश तेश्रो र चौथो तिर ओरालो लाग्दै गरेको एनआरएनए अमेरिका र त्यसका सामान्य सदस्यहरुको लागि त यो भीमकाय परिदृश्य कल्पना गर्न समेत गाह्रो !
‘आर्थिक अनियमितताहरुको छानविन गर’ ! भन्ने न्यायोचित नाराका साथ नेपाली शैलीमा वर्तमान अध्यक्ष कुमार पन्तलाई प्रतीकात्मक ‘कालो टालो’ देखाईएको दृश्य हिजो मात्र फेसबुक र अन्य सामाजिक संजालमा हेर्न पाईयो । अक्सर यस्ता नेपालीपाराका रंगीन प्रदर्शनहरुको मूल कारण र जड बिगतको ‘जीत-हार’ हुनेगर्दछ । बेलायतमा पनि त्यसो भएन होला भनेर पत्याईहाल्ने स्थिति छैन । हामी फरक भूगोलमा बाँचे पनि हाम्रो आम चरित्र करिब करिब उस्ता-उस्तै छन ।
आवरणमा न्यायोचित माग सहितका केही आवाजहरु बाहिर आएपनि अन्तर्य र यथार्थ चाँही अलि फरक भएको कुरो बेलायती नेपालीहरुबाट यता हड्सनवारीसम्मै कुरो आईपुगेको छ । केही असन्तुष्टीहरु भीमकाय सल्लाहकारहरुको नियुक्तिका कारणले बिजारोपण भएका रहेछन । यो बिबादलाई न्यूनीकरण गर्न अरु पन्द्र-बीस जना सल्लाहकार थपथाप गरेर नेपाली पाराले थामथाम थुमथुम पार्नको लागि वर्तमान अध्यक्ष पुनम गुरुङलाई सुझाब सहितको दवाब पर्न थालेको कुरो पनि बाहिरिएको छ ।
हामी आफ्नो स्वार्थका लागि विषयान्तर गर्न माहिर छौं । अनियमितताहरुको छानविन अनि वित्तीय पारदर्शिता होइन थप सल्लाहकार नियुक्तिले असन्तुष्टीहरु न्यूनीकरण हुने स्थिति देखियो । हरेक बदमासीलाई ढाकछोप गर्न तथाकथित ‘छानविन समिति’ गठन गर्ने तर प्रतिबेदन कहिल्यै सार्वजनिक नगर्ने जिर्ण महारोग हामीले अमेरिकामा देखि भोगी आएकै हौँ । पोस्टमर्टम गर्नु पर्ने महारोगलाई ‘सिटामोल’ को सेवनले कति दिन धान्लान र हौ पुनम गुरुङज्यु ?
वि.सं.२०७६ फागुन २४ शनिवार ०८:३५ मा प्रकाशित