back

चार महिनामा मुलुकको व्यापार घाटा  ९३ प्रतिशतले वृद्धि

वि.सं.२०७३ मंसिर ३० बिहीवार

663 

shares
GLOBAL IME AD
NTC AD

rice

३० मङ्सिर,काठमाडौँ  । चालु आवको प्रथम चार महिनामा मुलुकको व्यापार घाटामा ९२.७ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ७८ अर्ब ३० करोड पुगेको छ ।

चालु आव २०७३/७४ को समीक्षावधिमा समग्र निकासीमा सामान्य सुधार भए तापनि पैठारीमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापार घाटामा वृद्धि आएको हो । गत आव २०७२/७३ को प्रथम चार महिनाका अवधिमा उत्पन्न असहज परिस्थितिका कारण आयात निर्यातमा आएको ह्रासले गर्दा व्यापार घाटा पनि ३७.३ प्रतिशतले कमी आएको थियो ।

त्यसैगरी मुलुकको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७४.३ प्रतिशतले वृद्धि भई रु तीन खर्ब २७ अर्ब ४६ करोड पुगेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७.५ प्रतिशत र ९२.५ प्रतिशत छ । समीक्षाावधिमा नेपालको कुल निकासी १३.२ प्रतिशतले वृद्धि भई रु २४ अर्ब ५८ करोड तथा कुल पैठारीमा ८२.३ प्रतिशतले वृद्धि भई रु तीन खर्ब दुई अर्ब ८८ करोड पुगेको छ ।

सो अवधिमा निकासी भएका प्रमुख वस्तुमा ऊनी गलैँचा, तयारी पोसाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, कपडा, फलाम तथा स्टिल र तिनका उत्पादन, हस्तकलाका सामान, चाउचाउ, मन्जन, अलैँची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पस्मिना पछ्यौरा, जडिबुटी आदि प्रमुख छन् । रासस

वि.सं.२०७३ मंसिर ३० बिहीवार १५:०६ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनियम दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनियम दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर...

अन्तरिक राजस्व कार्यालय झापामा दुई अर्ब ६१ करोड राजस्व सङ्कलन

अन्तरिक राजस्व कार्यालय झापामा दुई अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको १०...

डलर र यूरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलर र यूरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय...

आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य यस्तो छ

आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेप्से परिसूचकमा लगातार पाचौँ दिन पनि गिरावट

नेप्से परिसूचकमा लगातार पाचौँ दिन पनि गिरावट

काठमाडौँ  । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा पछिल्लो पाँच कारोबार...

बिरुवाकाे किर्तिमान : जिल्लामा सबैभन्दा कम बेरुजु

बिरुवाकाे किर्तिमान : जिल्लामा सबैभन्दा कम बेरुजु

काठमाडौँ । स्याङजा भित्र बिरुवा गाउँपालिका सबैभन्दा बेरुजु भएको पालिका...