back
CTIZAN AD

चार महिनामा मुलुकको व्यापार घाटा  ९३ प्रतिशतले वृद्धि

वि.सं.२०७३ मंसिर ३० बिहीवार

1K 

shares

rice

३० मङ्सिर,काठमाडौँ  । चालु आवको प्रथम चार महिनामा मुलुकको व्यापार घाटामा ९२.७ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ७८ अर्ब ३० करोड पुगेको छ ।

चालु आव २०७३/७४ को समीक्षावधिमा समग्र निकासीमा सामान्य सुधार भए तापनि पैठारीमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापार घाटामा वृद्धि आएको हो । गत आव २०७२/७३ को प्रथम चार महिनाका अवधिमा उत्पन्न असहज परिस्थितिका कारण आयात निर्यातमा आएको ह्रासले गर्दा व्यापार घाटा पनि ३७.३ प्रतिशतले कमी आएको थियो ।

त्यसैगरी मुलुकको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७४.३ प्रतिशतले वृद्धि भई रु तीन खर्ब २७ अर्ब ४६ करोड पुगेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७.५ प्रतिशत र ९२.५ प्रतिशत छ । समीक्षाावधिमा नेपालको कुल निकासी १३.२ प्रतिशतले वृद्धि भई रु २४ अर्ब ५८ करोड तथा कुल पैठारीमा ८२.३ प्रतिशतले वृद्धि भई रु तीन खर्ब दुई अर्ब ८८ करोड पुगेको छ ।

सो अवधिमा निकासी भएका प्रमुख वस्तुमा ऊनी गलैँचा, तयारी पोसाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, कपडा, फलाम तथा स्टिल र तिनका उत्पादन, हस्तकलाका सामान, चाउचाउ, मन्जन, अलैँची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पस्मिना पछ्यौरा, जडिबुटी आदि प्रमुख छन् । रासस

वि.सं.२०७३ मंसिर ३० बिहीवार १५:०६ मा प्रकाशित

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट सम्मानित

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त...

अर्थका सहसचिवको निष्कर्षप्रति अर्थशास्त्री रविन्द्र भट्टराईको कडा असहमति

अर्थका सहसचिवको निष्कर्षप्रति अर्थशास्त्री रविन्द्र भट्टराईको कडा असहमति

काठमाडौं । शेयर विश्लेषक तथा अर्थशास्त्री रविन्द्र भट्टराईले प्रतिनिधिसभाको अर्थ...

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासका...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...