back
CTIZAN AD

चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न आह्वान

वि.सं.२०७३ पुस १ शुक्रवार

840 

shares

१ पुस, काठमाडाँै । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालमा प्रकृतिका अनुपम विशेषता भएको उल्लेख गर्दै चिनियाँलाई नेपाल भ्रमण गर्न आग्रह गर्नुभएको छ ।

नेपाली दूतावासले विहिबार चीनमा आयोजना गरेको पर्यटन व्यावसायीसँगको अन्तक्र्रिया कार्यक्रममा उहाँले शाक्यमुनि बुद्धको जन्मस्थल र विश्वका सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा सातवटा अग्ला र १४ वटा संसारकै उच्च हिमाल रहेको नेपालको भ्रमण गर्न चिनियाँलाई आग्रह गर्नुभएको हो ।

राजदूत पौडेलले नेपाल योग तथा ध्यानका लागि महत्वपूर्ण स्थल रहेको, एक सिङ्गै गैँडा, हात्ती पोलोका लागि अवसर, ¥याफ्टिङ, बञ्जी जम्प, प्याराग्लाइडिङ र पर्वतारोहणजस्ता अनुपम विशेषता रहेको पनि उल्लेख गर्नुभयो ।

लामो समयदेखि नेपाल र चीनबीचको सम्बन्ध अत्यन्त सौहाद्रपूर्ण रहेको उल्लेख गर्दै उहाँले सन् २०१६ देखि चिनियाँ पर्यटकका लागि नेपाली भिसा शुल्कमा छुट दिएको जानकारी समेत गराउनुभयो ।

वि.सं.२०७३ पुस १ शुक्रवार ०३:४० मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...