back
CTIZAN AD

निर्वाचन प्रक्रिया महँगो हुँदा महिला नेत्रीलाई गाह्रो

वि.सं.२०७३ पुस १ शुक्रवार

876 

shares

१ पुस, ललितपुर । निर्वाचन प्रक्रिया महँगो हुँदा महिला नेत्रीलाई निर्वाचनमा सहभागी हुन र जित्न गाह्रो हुने सरोकारवालाले बताएका छन् ।

जागरण नेपालले विहबार आयोजना गरेको कार्यक्रममा निर्वाचन आयोग, महिला नेत्री, स्थानीय निकायका प्रतिनिधिलगायत सरोकारवालाले महिला नेत्रीलाई निर्वाचनमा सहभागी हुन अरुसँगै आर्थिक समस्या रहेको बताएका हुन् ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचन महँगो हुँदै जाँदा महिला नेत्रीलाई अप्ठेरो पर्ने गरेको बताउँदै “भड्किलो प्रचार महिला उम्मेदवारले गरेको पाइँदैन, बलिया पुरुष उम्मेदवारसँग उठाउँदा प्रत्यक्ष निर्वाचनमा जित हासिल गर्न महिलालाई गाह्रो पर्छ“ भन्नुभयो ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव भरत शर्माले सुशासनका लागि महिलाको सशक्तीकरण आवश्यक भएकोमा जोड दिनुभयो ।

नेपाली काँग्रेस केन्द्रीय सदस्य कमला पन्त, एमाले केन्द्रीय सदस्य सीता पौडेल, नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य दामा शर्मा, तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य चन्दा चौधरीलगायतले दलले विधानमा भएका महिलासम्बन्धी व्यवस्था समेत कार्यान्वयन नगरेको गुणासो गर्नुभयो ।

गैरसरकारी संस्था महासङ्घका पूर्व अध्यक्ष शर्मिला कार्कीले सचेतना, क्षमता अभिवृद्धि र आर्थिक सशक्तीकरण नभई महिला अघि बढ्न नसक्ने बताउनुभयो ।

वि.सं.२०७३ पुस १ शुक्रवार ०३:४९ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...