back
CTIZAN AD

सयपत्री नेपाली साँस्कृतिक समुह युकेको अध्यक्षमा पुन : डम्बर सिंह

वि.सं.२०७६ फागुन २५ आइतवार

663 

shares

२५ फागुन बेलायत । सयपत्री नेपाली साँस्कृतिक समुह युकेको अध्यक्षमा पुनः डम्बर सिंह चयन भएका छन् ।

बिबिध नेपाली कला सँस्कृतिमा एकताको सन्देश दिने उद्धेश्य रहेको उक्त सँस्थाको ७ मार्चमा वकिङ मेबरी सेन्टरमा भएको चौथो अधिवेशनले पुनः डम्बर सिंहको अध्यक्षतामा नयाँ कायसमिती चयन गरेको हो ।

जसको उपाध्यक्षमा दिपक शाही, महासचिवमा गौरब क्षेत्री, सचिबमा डा. दिपक जिसि, कोषाध्यक्षमा सुश्री अभिशा गुरुङ, सहकोषाध्यक्ष सुश्री गीता केसी रहेका छन् भने सदस्यहरुमा दिनेश अर्याल, श्रीमती बन्दना खत्री, राजेन्द्र बुढाथोकी, शिव कंडेल, बिबेक बोहोरा चयन भएका छन् ।

बिगत १४ बर्षदेखि बिदेशी भूमि बेलायतमा ‘नेपाली कला र सँस्कृति नै राष्ट्रको पहिचान हो’ भन्ने मुल नाराका साथ नेपाली कला र सँस्कृतिको जगेर्ना एवं संरक्षण र संम्बर्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने कार्यमा लागि परेको उक्त संस्थाको चौथो अधिवेसनमा महासचिव क्षेत्री र कोषाध्यक्ष डा दिपक जिसिद्वारा प्रस्तुत द्विबार्षिक संस्थागत र आर्थिक प्रतिवेदन माथि टिप्पणी गर्दै सल्लाहकारद्वय नवराज घले र राज कुमार सुनारले सयपत्रीले युकेमा उदाहरणिय कार्य गरेको र यसको आर्थिक पारदर्शीतामा कुनै खोट नरहेको बताएका थिए । उनीहरुले समाजको आर्थिक बृद्धिका लागि सबैले जोडदिनुपर्ने बताएका थिए ।

सोहि अवसरमा समाजका सल्लाहकार राजेन्द्र क्षेत्रीले सयपत्री समूह बिदेशी भूमिमा नेपाली कला र सँस्कृतिको राजदूत भएको भन्दै सह्राना गरेका थिए ।

राजकुमार सुनारका संयोजकत्वमा रहेको निर्वाचन मन्डलमा सदस्यहरू राजेन्द्र क्षत्री र नवराज घले रहेका थिए ।
सोहि अबिधेशनले राजेन्द्र क्षत्री, राजकुमार सुनार, बुद्धि गुरुङ, श्रीमती आशा राई, शिवजी श्रेष्ठ, खिम खत्री, पदमा गुरुङ, अमृत गुरुङ, बाम गुरुङ, मनोज अन्जान, शशी गुरुङलाई समाजको सल्लाहकारमा मनोनित गरेको छ ।

वि.सं.२०७६ फागुन २५ आइतवार २१:५२ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...