२७ फागुन, काठमाडौँ । सरकारले लामो समयसम्म राजस्व नबुझाउने विभिन्न पाँचतारे होटल, , रिसोर्ट र निमार्णसँग सम्बन्धित १ सय २३ कम्पनी तथा व्यक्तिलाई अर्बाै रुपैयाँबराबरको रकम बुझाउन ३५ दिने अल्टिमेटम दिएको छ ।
सो अवधिभित्र रकम नबुझाए कम्पनीको जायजेथा जफात गर्ने चेतावनी सरकारले दिएको छ ।
महालेखा नियन्त्रक कार्यालय, कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले लामो समयदेखि अटेरी गरी बक्यौता रकम तिर्न बाँकी रहेका १ सय २३ वटा कम्पनी फार्म तथा व्यक्तिको नामावलीसहित तीनपुस्ते विवरण सार्वजनिक गर्दै ३५ दिने अल्टिमेटम दिएको हो । मंगलबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ फागुन २७ मंगलवार ०७:५४ मा प्रकाशित