२७ फागुन, अमेरिका । कोरोना भाइरसका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २२ पुगेको छ भने संक्रमितको संख्या ५०० बढी पुगेको छ ।
अमेरिकाको वाशिंगटन राज्यमा मात्र १९ जनाको मृत्यु भएको छ । एक हप्ता फेब्रअरी २९ का दिन सम्म ३ जनाको मात्र मृत्यु भएको छ । हाल सम्म २२ जनाको ज्यान गएको र ३० वटा राज्यहरु प्रभावित भएका छन् ।
विश्वमा अहिले सम्म १ लाख ८ हजार मानिस संक्रमित भएका छन् भने ३ हजार ८ सयको ज्यान गइसकेको छ ।
वासिङटन डिसीका दुई विद्यालय बन्द
कोरोना भाईरसका कारण अमेरिकाको राजधानी वासिङटन डिसीका दुई विद्यालय बन्द गरिएको छ । विद्यालयका कर्मचारीमा कोभिड १९ भाईरसको संक्रमण पोजिटिभ पाईएपछि उत्तरी डिसीको स्कूल विथआउट वाल्स र मुण्डो भर्डे विद्यालय सोमबार बन्द गरिएको बताइएको छ ।
बन्द गरिएका विद्यालयलाई भाईरस रहित बनाईने डिसी नगर प्रशासनले जनाएको छ । अहिलेसम्म संक्रमण अन्य शिक्षक, विद्यार्र्थीमा फैलिएको जानकारी प्राप्त भएको छैन । पूर्णरुपमा भाइरस िनियन्त्रणपछि विद्यालय खुल्ने वा बन्द नै राख्ने निर्णय भइनसकेको डिसी प्रसाशनले जनाएको छ ।
डिसी मेट्रो एरियामा पर्ने मेरील्याण्ड र भर्जिनियासहितमा नौजनामा कोरोना भाईरस संक्रमण भएको पुष्टी भएको छ । अमेरिकाको ३४ राज्य र राजधानी डिसीमा कोरोना भाईरसको संक्रमणको पुष्टी भएको हो ।
वि.सं.२०७६ फागुन २७ मंगलवार ०८:०१ मा प्रकाशित






























