back
CTIZAN AD

सन्दर्भ कोरोना संक्रमणः डा. रवीन्द्र पाण्डे भन्छन् -यी हुन् सरकारले गर्नुपर्ने पूर्वतयारी

वि.सं.२०७६ फागुन २७ मंगलवार

909 

shares

जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले कोरोनाको संक्रमण भित्रिने ठाउँ त्रिभुवन विमानस्थल रहेकोले त्यहाँ सुबिधा सम्पन्न प्रयोगशाला तथा प्रहरी अस्पतालको जनशक्ति राख्नु पर्ने बताएका छन् ।

डा. पाण्डेले कोरोना संक्रमण अधिक देखिएका देशबाट आउने जो कोहीलाई पनि क्वारेन्टाइनमा राख्नु पर्ने लगायतका १५ बुँदे सुझाव सरकारलाई दिएका छन् ।

यस्तो छ डा. पाण्डेले दिएको सुझाव

१. कोरोना संक्रमण भित्रिने ठाउँ त्रिभुवन विमानस्थल हो । त्यहाँ सुबिधा सम्पन्न प्रयोगशाला तथा प्रहरी अस्पतालको जनशक्ति राख्नु पर्दछ । कोरोना संक्रमण अधिक देखिएका देशबाट आउने जो कोहीलाई पनि क्वारेन्टाइनमा राख्नु पर्दछ । यो ऐच्छिक होइन, बाध्यतात्मक ब्यबस्था हुनुपर्छ ।

२. टेकु अस्पतालबाट बिरामी भाग्ने समस्या छ । त्यसको लागि अस्पतालहरुमा सुरक्षाकर्मी राख्नु आवश्यक छ । टेकु अस्पतालको क्षमता थोरै भएको हुँदा प्रहरी अस्पताललाई केन्द्र बनाउँदा बिरामी भाग्ने जस्ता समस्या हुँदैनन् ।

३. सरकारले मास्क, ह्याण्ड स्यानिटाइजर्, ग्लोभ,स्प्रे, अत्यावश्यक औषधि १ बर्षको लागि स्टक राख्ने व्यवस्था तुरुन्त मिलाउनुपर्छ ।

४. ग्यास, चामल, दाल, तेल, नुन, पानीजस्ता दैनिक उपभोग्य सामग्री १ बर्षको लागि स्टक राख्ने व्यवस्था मिलाउनु पर्छ । दैनिक उपभोग्यसामानको निर्यात बन्द गर्ने तथा आयात बढाउन तुरुन्त पहलकदमी गर्नुपर्छ ।

५. कालोबजारी तथा कृत्रिम अभाव गर्नेलाई फौजदारी अभियोग लगाउनु पर्दछ । सरकारले निरन्तर बजार अनुगमन गर्नुपर्दछ ।

६. स्कुल, कलेज, सिनेमा हल, रंगशाला, नाइट क्लब आदि तुरुन्त बन्द गरेमा एकातर्फ रोग सर्ने सम्भावना कम हुन्छ ।

७. सहरमा घनत्व घटाउनको लागि गाउँ फर्किने वातावरण सिर्जना गर्नु पर्दछ । काठमाडौबाट २० लाख व्यक्ति गाउँ जाने हो भने उपभोग्य सामग्रीको अभाव, भिडभाड कम हुन्छ । गाउँ जानेलाई रोग सर्ने सम्भावना निकै कम हुन्छ । १–२ महिना गाउँ बस्दा अर्थतन्त्र चलायमान पनि हुन्छ ।

८. नेपालमा संक्रमण फैलिएमा नाकाबन्दी हुनसक्छ भन्ने कुरा सरकारले बुझ्नुपर्छ । यसको लागि भारतसंग कुटनैतिक च्यानल प्रभावकारी हुनुपर्दछ ।

९. रोग फैलिएमा अराजकता नहोस भन्नको लागि सरकारले आपूर्ति ब्यबस्थाको साथै सुरक्षा ब्यबस्था स्ट्याण्ड बाइ राख्नु पर्दछ ।

१०. नचाहिने हल्ला चलाउने, समाजलाई अस्थिर बनाउने जो कोहिलाई पनि नियन्त्रणमा लिनुपर्दछ ।

११.  हजार सुरक्षाकर्मी परिचालन गरेर बस्तीभन्दा टाढा हजारौं राख्न मिल्ने क्वारेन्टाइन सेन्टर, आइसोलेसन सेन्टर निर्माण गर्नुपर्दछ ।

१२. अस्पतालको क्षमता, दायरा बढाउनुपर्दछ । आइसीयु, भेन्टिलेटर बढाउनुपर्दछ तथा अन्य स्वास्थ्यकर्मीलाई सुरक्षात्मक गाउनको व्यवस्था गर्नुपर्छ ।

१३. प्रधानमन्त्री, मन्त्री तथा सम्बन्धित निकायबाट जनतालाई आश्वस्त पार्ने काम निरन्तर गर्नुपर्दछ । सरकारले गरेको ब्यबस्थाले जनता विश्वस्त हुने वातावरण सिर्जना गर्नुपर्दछ ।

१४. कोरोना संक्रमण फैलिएको स्थानमा जाने टोली ( चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी आदि ) स्ट्याण्ड बाइ राख्नुपर्दछ ।

१५. संचार माध्यमलाई सहजकर्ताको भूमिकाको लागि अभिप्रेरित गर्नुपर्दछ । अफवाह फैलाउने संचार माध्यम तथा सामाजिक संजाललाई नियमन गर्नुपर्दछ । जनचेतना निरन्तर प्रदान गर्नुपर्दछ ।

मास्कको चिन्तामा हुनुहुन्छ ? डा.रविन्द्र पाण्डे भन्छन्–स्वस्थ्य व्यक्तिलाई मास्कको आवस्यकता छैन

वि.सं.२०७६ फागुन २७ मंगलवार ०८:१४ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...