back

१ सय १३ मुलुकमा कोरोनाको संक्रमण, मृतकको संख्या ४ हजार नाघ्यो

वि.सं.२०७६ फागुन २७ मंगलवार

576 

shares
GLOBAL IME AD
NTC AD

२७ फागुन, काठमाडौं । गत डिसेम्बरको अन्तिममा चीनमा देखिएको कोरोना भाइसर छोटै अवधिमा विश्वका १ सय १३ वटा मुलुकमा फैलिसकेको छ । कोरोनाको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ४ हजार २५ पुगेको छ भने १ लाख १४ हजार २ सय ९९ जना संक्रमित भएका छन् ।

चीनमा सबैभन्दा बढि ३१ सय ३६ जनाको मृत्यु भएको छ भने बाँकी ८ ‍सय ८९ जनाको विभिन्न २२ वटा मुलुकमा मृत्यु भएको छ । ४६ हजार २ सय ८४ जनाको अहिले पनि उपचार भइरहेको छ भने ६३ हजार ९ सय ९० जना उपचारपछि घर फर्किएका छन् ।

चीनपछि कोरोनाले इटालीमा महामारीको रुप लिएको छ । त्यहाँ ४ सय ६३ जनाको मृत्यु भएको छ । थप ९७ जना संक्रमितको मृत्यु भएपछि त्यहाँ मृतकको संख्या ४ सय ६३ पुगेको हो । इटालीमा सेनाप्रमुखलाई समेत कोरोनाभाइरसको संक्रमण भएको समाचारहरु सार्वजनिक भएका छन् । अरु १७ सय ९७ जना संक्रमित थपिएपछि संक्रमण हुने व्यक्तिको संख्या ९ हजार १ सय ७२ पुगेको छ ।

यस्तै इरानमा कोरोना भाइरसका कारण २ सय ३७ जनाको मृत्यु भएको छ । ७ हजार १ सय ६१ जनामा कोरोनाको संक्रमण देखिएको छ । दक्षिण कोरियामा थप १ सय ६५ जनामा कोरोनाको संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ हजार ४ सय ७८ पुगेको छ । मृतकको संख्या ५३ छ ।

यस्तै फ्रान्स र स्पेनमा कोरोनाभाइरसबाट ३०-३० जनाको मृत्यु भएको छ भने अमेरिकामा २६ जनाले ज्यान गुमाइसकेका छन् ।

नेपालमा भने हालसम्म कोरोनाको संक्रमण देखिएको छैन । युएई र अष्ट्रेलियामा गरी ३ जना नेपाली संक्रमित भएका छन् । चीनबाट नेपाल आएका एक संक्रमित नेपाली भने संक्रमणमुक्त भैसकेका छन् ।

वि.सं.२०७६ फागुन २७ मंगलवार ११:२६ मा प्रकाशित

एउटै ब्रा लामो समय लगाउँदा के हुन्छ ?

एउटै ब्रा लामो समय लगाउँदा के हुन्छ ?

काठमाडौँ । महिलाले लगाउने भित्रि वस्त्र ‘ब्रा’ले स्तनको आकारलाई सन्तुलनमा...

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ह्याम्स अस्पतालमा छुट

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ह्याम्स अस्पतालमा छुट

काठमाडाैं । आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता...

भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई...

स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल

स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पताललाई स्वास्थ्य...

प्याड, पिरियड पेन्टी र महिनावारी कपः कुन ठिक?

प्याड, पिरियड पेन्टी र महिनावारी कपः कुन ठिक?

एजेन्सी । अमेरिकामा वर्षेनी २० अर्ब डिस्पोजेबल मेन्स्ट्रुअल उत्पादन फ्याकिन्छन्...

सहमतिपछि काममा फर्किए चिकित्सक

सहमतिपछि काममा फर्किए चिकित्सक

काठमाडौं । सरकार र विभिन्न माग राखेर आन्दोलन गर्दै आएका...