
२७ फागुन, केन्यां । गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्याले एकैसाथ फागुपूर्णिमा र ११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।
केन्याको नैरोबिमा ८ मार्चका दिन आयोजित उक्त कार्यक्रममा संघका अध्यक्ष सुरज डुम्रे र शिवलाल अधिकारीद्धारा आयोजित उक्त कार्यक्रममा महिला दिदीबहिनीहरुको हक अधिकारका बारेमा संघकी सचिव लक्ष्मी बलुन, महिला संयोजक श्रीमती कुमारी जिसी, श्रीमती गंगा वस्याल रेग्मी, श्रीमती शोभिता बस्नेत, कविता अधिकारीलगायतले आ–आफ्ना विचार राखेका थिए ।
नैरोबिमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुबीच रंगको पर्व फागुपूर्णिमा भव्यरुपमा आपसी मेलमिलाप र हर्षोल्लासका साथ शुभकामना आदान प्रदान गरेर मनाइएको हो ।
कार्यक्रममा अध्यक्ष सुरज डुम्रे र महासचिव टिका धितालले अन्तराष्ट्रिय श्रमिक महिला दिवस र फागुपूर्णिमाको शुभकामना दिएका थिए ।
उपाध्यक्ष शिवलाल अधिकारीले आफ्नी सुपुत्री साक्षी अधिकारीको शुभ जन्मोत्सवको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेका हुन् ।
वि.सं.२०७६ फागुन २७ मंगलवार ११:४१ मा प्रकाशित