२९ फागुन, काठमाडौँ । नोवेल कोरोना भाइरसको सम्भावित संक्रमणबारे चौबीसौ. घन्टा सूचना उपलब्ध गराउन सरकारले शुक्रबारदेखि कल सेन्टर सञ्चालनमा ल्याउने भएको छ ।
‘यो सेन्टर बिहीबारसम्म स्थापना भइसक्नेछ,’ सरुवा तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले भने, ‘शुक्रबारदेखि सञ्चालनमा आउनेछ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बुधबार जारी प्रतिवेदनअनुसार हालसम्म नेपालमा चार सय ४६ जनामा यो रोगको संक्रमण नरहेको देखिएको छ । एकजनामा यसको संक्रमण देखिएपनि उनी निको भइसकेको प्रतिवेदनमा जनाइएको छ । बिहीबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ फागुन २९ बिहीवार ०७:५५ मा प्रकाशित