back
CTIZAN AD

कोरोना भाइरसका कारण स्पेनमा ४ दर्जन बढी व्यक्तिको मृत्यु, नेपाली दूतावास स्पेनले गर्यो यस्तो अनुरोध

वि.सं.२०७६ फागुन २९ बिहीवार

753 

shares

२९ फागुन, स्पेन । चीनको वुहान हुँदै युरोप, अमेरिका, खाडी र एसियाका विभिन्न देशमा तिब्र गतिमा फैलिएको कोरोना संक्रमणका कारण स्पेनमा पनि झण्डै ४ दर्जनको मृत्यु भइसकेको समाचार छ ।

स्पेनमा उच्च गतिमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले स्पेनबाट नेपाल जाने नेपाली तथा अन्य नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने र कोरोना भाइरस संक्रमण नभएको प्रमाणपत्र आवस्यक पर्ने भन्दै नेपाली दूतावास स्पेनले स्पेनमा रहेका नेपालीलाई निम्न सूचना र जानकारीको लागि अनुरोध गरेको छ ।

दूतावासले स्पेनमा रहेका नेपालीले अत्यावस्यक बाहेक भ्रमण नगर्ने ।
नेपाल जाने भिषा अनिवार्य रुपमा दूतावासबाट नै लिनुपर्ने, आवेदन दिँदा कोभिड–१९ नभएको प्रमाणित हुनुपर्ने र सामान्य स्वास्थ्य परीक्षण प्रयाप्त नहुने भएकोले सो बारे सम्बन्धीत व्यक्तिलाई जानकारी दिन पनि दूताबासले अनुरोध गरेको छ ।

त्यसैगरी दूतावासले स्पेनमा संक्रमण दर उच्च रहेको अहिलेको अवस्थामा सेवा/जानकारी लिन दूतावासमा भौतिक रुपमा नै उपस्थिति हुुनुपर्ने बाध्यता हटाइएका बताएको छ । दूतावासको टेलिफोन वा कर्मचारीको मोबाइलमा सम्पर्क गरी सम्पूर्ण जानकारी दिन सकिने पनि दूतावासले जनाएको छ ।

दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अर्को व्यवस्था नहुँदा सम्मको लागि पोष्टल सिस्टमबाट प्रदान गरिने व्यवस्था मिलाइएको समेत दूतावासद्धारा जारी सूचनामा जनाइएको छ ।

वि.सं.२०७६ फागुन २९ बिहीवार २१:५३ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...