back
CTIZAN AD

भारत तर्फको नाकामा कडाई गर्नेदेखि पर्यटक भिसा नदिनेसम्म सरकारको निर्णय

वि.सं.२०७६ फागुन २९ बिहीवार

891 

shares

२९ फागुन, काठमाडौं । सरकारले भारत तर्फको नाकामा कडाइ गर्दै पर्यटक भिसा नदिने समेत निर्णय गरेको छ ।

कहिलेदेखि यो निर्णय कार्यान्वयन हुने उल्लेख नगरिए पनि मुख्यसचिव लोक दर्शन रेग्मी नेतृत्वको कार्यदलले आबस्यकता परेको खण्डमा जुनसुकै बेला पनि यो निर्णयको कार्यान्वयन गर्नसक्ने बताइएको छ ।

बुधबार मात्र बिश्वस्वास्थ्य संगठनले कोभिड १९ लाई माहामारीको घोषणा गरेको थियो त्यसको भालिपल्ट अर्थत बिहिबार सांझ बसेको उच्चस्तरिय समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

२०१९ को डिसेम्बरमा चिनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले बिश्वभरका १०९ वटा देशहरुमा फैलिइ सकेको छ भने ४ हजार भन्दा बढी उक्तरोगको शिकार भैसकेका छन भने एकलाख बढीमा यो संक्रमण फैलिएको छ ।

सरकारले तत्कालका लागि सिमा नाकालाई सिमित गर्ने पनि निर्णय गरेको छ । हाल भारत तर्फको रहेको खुला सिमा नाकामा कडाई गर्ने, यसका लागि गृह तथा परराष्ट्र मन्त्रालयले समन्वय गर्ने निर्णय समेत सरकारले गरेको छ ।

यो सिजनको हिमाल आरोहण स्थगित गर्ने तर स्कुल तथा कलेजहरु बन्द नगर्ने निर्णय सरकारले गरेको छ ।

स्कुल तथा कलेजहरु बन्द नगर्ने निर्णय गरेको सरकारले बिभिन्न खालका सार्बजनिक कार्यक्रम, भोज भतेर लगायतका भिडभाड हुने कार्यक्रम नगर्न आव्हन गर्ने निर्णय पनि गरेको सरकारका प्रबक्ता समेत रहेका अर्थमन्त्री यूवराज खतिवडाले जानकारी दिएका छन ।

वि.सं.२०७६ फागुन २९ बिहीवार २३:४७ मा प्रकाशित

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

जापानिज इन्सेफलाइटिसबाट १६ जनाको मृत्यु

जापानिज इन्सेफलाइटिसबाट १६ जनाको मृत्यु

काठमाडौँ, । नेपालमा जापानिज इन्सेफलाइटिस (जेइ) बाट सङ्क्रमण पुष्टि हुनेको...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...