back
CTIZAN AD

अब सार्वजनिक बसमा विद्यार्थी बोक्ने विद्यालयलाई कारबाही गरिने

वि.सं.२०७६ फागुन ३० शुक्रवार

981 

shares

३० फागुन, काठमाडौँ । सार्वजनिक (कालो नम्बर प्लेट) सवारीसाधनमा विद्यार्थी बोक्ने निजी विद्यालयलाई कारबाहीको तयारी गरिएको छ । विद्यार्थी बोक्न सार्वजनिक गाडी प्रयोग गर्नु प्रयोजनविपरीत मात्र नभई बालबालिकाको अधिकारसमेत हनन भएकाले कारबाहीको तयारीमा लागिएको हो ।

काठमाडौंका ठूला भनिएकै निजी विद्यालयले समेत थोत्रा सार्वजनिक बस भाडामा लिएर विद्यार्थी ओसार्ने गरेका छन् । सिट च्यातिएका, काँटी निस्किएका तथा सिसा फुटेका थोत्रा र फोहोर भाडाका बसमा ती विद्यालयले विद्यार्थी ओसारेको तस्बिरसहित नयाँ पत्रिकाले बुधबार समाचार छापेको थियो ।

अभिभावकसँग चर्को शुल्क उठाएर विद्यार्थीलाई सार्वजनिक बसमा घन्टौँ यात्रा गराउने निजी विद्यालयले बालअधिकारसमेत हनन गरेकाले कारबाही गर्ने चरणमा पुगिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बताए । भौतिक, शिक्षा, गृहलगायत सबै सरोकारवाला मन्त्रालयसँग छलफल गरेपछि कारबाही थाल्ने उनको भनाइ छ । श्ुक्रबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ फागुन ३० शुक्रवार ०७:३२ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

जितपुर । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको जबरजस्ती...

१ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन

१ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन

काठमाडौँ ।। प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक...

नेपाल–भारत सीमा सुरक्षा बैठकलाई पूर्वपरराष्ट्रमन्त्री लोहनीका केहि सुझाव

नेपाल–भारत सीमा सुरक्षा बैठकलाई पूर्वपरराष्ट्रमन्त्री लोहनीका केहि सुझाव

काठमाडौँ । भाद्र ४ गते हुने भनिएको नेपाल–भारत सीमा सुरक्षा...