back
CTIZAN AD

सूचनाको हकसम्बन्धी विधेयक प्रदेशसभाबाट हुबहु पारित हुुँदैन – सभामुख

वि.सं.२०७६ चैत २ आइतवार

855 

shares

२ चैत , हेटौँडा । वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले संविधानको मर्म र भावनाको प्रतिकूल हुने गरी सूचनाको हक सम्बन्धी विधेयक प्रदेशसभाबाट हुबहु पारित नहुने दृढता व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ मकवानपुरद्वारा आज हेटौँडामा आयोजित ‘प्रेस स्वतन्त्रता र प्रदेश सञ्चार कानूनको’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले सञ्चारकर्मीले पनि आफ्नो पदीय आचारणलाई आत्मसात् गरी जवाफदेहीसाथ कर्तव्यपालन गर्नुपर्ने बताए । मुलुकको स्वतन्त्रतासहित प्रजातन्त्रको संवद्र्धन गर्न प्रेस जगतको अपरिहार्य भूमिका आवश्यक रहेको उनले बताए ।

सभामुख श्रेष्ठले आमजनतालाई आफ्नो अभिव्यक्ति व्यक्त गर्ने स्वतन्त्रताको साथै मौलिक हकको संवद्र्धन गर्ने सञ्चार विधेयकलाई सरकारले निषेध गर्न नसक्ने उल्लेख गर्दै प्रेस र सरकारको बीच सुमधुर सम्बन्ध कायम हुनुपर्ने र त्यसो गरिएमा मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धि सफल हुने विश्वास व्यक्त गरे ।

महासङ्घका उपाध्यक्ष विपुल पोख्रेलले प्रेस स्वतन्त्रताप्रति सरकारले अङ्कुश लगाउन नहुने उल्लेख गर्नुहुँदै प्रत्येक समुदायले आ–आफ्नो धर्म संस्कृति, रीतिरिवाजको सम्वद्र्धन गर्न र व्यक्तिगत स्वतन्त्रताको अभिव्यक्तिलाई प्रशासनिक रुपमा सञ्चार ऐनको विभिन्न दफामा प्रावधान राख्न नहुने सुझाव दिए । उनले संवैधानिक निकायले निष्पक्ष भई प्रेसलाई सूचना उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।

सो अवसरमा महासङ्घ वाग्मती प्रदेशका अध्यक्ष प्रताप विष्ट, मकवानपुर अध्यक्ष हरि हुमागाईं, केन्द्रीय सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य कृष्ण गिरी, वाग्मती प्रदेशका सल्लाहकार गिरिजा अधिकारीले सङ्घीय र प्रदेश सरकारले सञ्चार क्षेत्रमा आफ्नो स्वार्थलाई उपयोग गर्ने रणनीतिलाई त्यागेर सञ्चार क्षेत्रलाई पूर्णस्वायत्त, स्वतन्त्रता प्रदान गर्नुपर्ने बताए । रासस

वि.सं.२०७६ चैत २ आइतवार १५:०४ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...