back
CTIZAN AD

विदेशबाट फर्किएर नेपालमा उद्यम गर्दै हुनुहुन्छ ?, हेर्नुस् यो सूचना

वि.सं.२०७६ चैत २ आइतवार

1K 

shares

२ चैत्र । सरकारले वैदेशिक रोजगारीवाट फर्की नेपालमा उद्यम गरेका उद्यमीलाई राष्ट्रिय पुरस्कारको लागि आवदेन माग गरेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचना जारी गरी वैदेशिक रोजगारीमा गई फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीहरुलाई आवेदन भर्न भनेको छ ।

उनीहरुको योगदानको कदरस्वरुप पुरस्कत गरी स्वरोजगारीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिन लागिएको उक्त पुरस्कारमा सहभागी हुने नेपाली नागरिकले सूचनामा उल्लेखित कागजात बुझाउन भनिएको छ ।

नेपाली नागरिक, श्रमिक भिषामा विदेश गरी कम्तिमा १ वर्ष काम गरी फर्किएको र यसअघि मन्त्रालयवाट पुरस्कार नगरेको हुनुपर्नेछ । यी योग्यता पुगेकाहरुले विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६ को अनसुूची २ अनुसारको ढाँचामा आवेदन बुझाउन सक्नेछन् ।

आवेदनको ढाँचा मन्त्रालयको https://moless.gov.np/ बाट डाउनलोड गर्न सकिन्छ । आवेदन आजको मितिले २१ दिन अर्थात् चैत्र २३ सम्म बुझाउनु पर्दछ ।

वि.सं.२०७६ चैत २ आइतवार १९:३७ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...