back

हेर्नुहोस् यस्तो छ तपाईको आज (चैत ३ गते) को राशिफल

वि.सं.२०७६ चैत ३ सोमवार

114 

shares
NTC AD
Global IME AD

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कामको चाप बढ्नेछ भने एक पटक बनिसकेको काम फेरि दोहोर्याउनुपर्ने हुन सक्छ । अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला । शरीरमा कमजोरी अनुभूति हुनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ हुनेछ । अप्ठ्यारो स्थितिमा धैर्यले काम लिने चेष्टा गर्नुहोला । साँझतिर शुभचिन्तकहरूको साथ जुट्नाले लक्ष्यमा पुगिनेछ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
साथीभाइको आगमनले काममा हौसला जाग्नेछ । रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने समय छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सक्छ । वादविवादमा अघि नसर्नुहोला, दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ । साँझतिर स्वास्थ्यमा कमजोरी देखिनाले चिताएको काम अवरुद्ध बन्न सक्छ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ । परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । यात्राको प्रक्रिया अघि बढ्नेछ । पुरुषार्थी काम सिद्ध गर्ने समय छ। साँझतिर प्रियजनसँग भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । व्यवसायमा अपेक्षित फाइदा उठाउन नसकिएला । ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन् । तापनि प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ । साँझतिर स्थितिमा सुधार आउनाले रोकिएका काम बन्नेछन् । सुखद समाचार सुन्न पाइनेछ । मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । कामका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग गर्ने आवश्यकता पर्न सक्छ । साँझदेखि स्वास्थ्यबाधाले सताउन सक्छ । काममा लामो समय जुट्न नसकिएला । बुद्धिको उपयोगले मात्र लाभ दिलाउनेछ ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । साँझतिर भने काम बिग्रने भयले सताउन सक्छ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । सावधान नहुँदा हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ । आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। साँझतिर आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
ठूला व्यक्तिहरूसँग मतभेद रहनेछ । अवसर जुटे पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ । विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला । आवेशको निर्णयले काम बिग्रन सक्छ । तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन् । परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। साँझतिर वादविवादले समस्या निम्त्याउन सक्छ, सजग रहनुहोला ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ । भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। खर्च लागे पनि लामो यात्रा सम्भावना छ । टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ । साँझतिर आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगले फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षा गरिएको काम बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साँझतिर खर्चको जोहो गर्न कर्जा लिनुपर्ला । धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुहोला ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व हातलागी हुनेछ । साँझतिर श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। वचन पुर्याउन नसक्ता आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला । तापनि मिहिनेतले बिस्तारै फाइदा दिलाउनेछ । साँझतिर नयाँ काम गर्ने अवसर जुट्नेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ ।

चैत ३ सोमवार (मार्च १६)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

https://sansarnews.com/category/weekly-zodiac/

वि.सं.२०७६ चैत ३ सोमवार ०७:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ढोर र छाब्दी बाराहीकी कान्छी बहिनी भुलभुला पर्यटकको घुइचो

ढोर र छाब्दी बाराहीकी कान्छी बहिनी भुलभुला पर्यटकको घुइचो

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको पुडिटारमा रहेको भुलभुला मन्दिर...