back
CTIZAN AD

कोरोनाको डरले बेलायती महारानीले दरबार छाडिन्

वि.सं.२०७६ चैत ४ मंगलवार

1.3K 

shares

४ चैत, काठमाण्डौं । चीनको वुहानबाट सुरु भएर बिश्वभरी महारमारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण बेलायतमा ५५जनाको मृत्यु भइसकेको छ भने १५४३ जनामा संक्रमण देखिएको छ ।

विभिन्न देशका उच्च पदस्थका परिवार, भिआइपी, धनाढ्य खेलाडीलगायतमा पनि कोरोना भाइरसको संक्रमण देखिनुका साथै मत्यु समेत भएको समाचार आइरहेका छन् ।

यसैबीच बेलायतकी महारानी एलिजावेथ द्धितीयाले कोरोना भाइरसको डरले बर्मिङघम दरबार छोडेको समाचार अन्तराष्ट्रिय संचारमाध्यमले लेखेका छन् ।

केही साता अघि ९४ वर्षीया महारानीको स्वास्थ्य अवस्था राम्रै भएपनि उनका सल्लाहकारले दरबारबाट अन्यत्र सार्नु उचित रहेको भन्दै विन्सडर क्यासल लगिएको बताइएको छ । उनका श्रीमान फिलिपलाई पनि सेन्डिङगममा अल्लगै राख्ने तयारी भइरहेको छ । दरबार सुत्रले ‘द सन’ लाई दिएको जानकारी अनुसार दरबारमा कसैलाई पनि कोरोना भाइरस संक्रमण नभएको तथा वृद्ध उमेरकी महारानीलाई अलग्गै राख्नु उनको स्वाथ्यका लागि फाइदाजनक भएकाले यस्तो गरिएको बताइएको छ ।

द सनका अनुसार बर्मिङघम दरबार लन्डनको मध्यभागमा रहेको र त्यहाँ काम गर्ने कर्मचारी धेरै रहेका कारण दरबारभित्रै भिडभाड बढी हुने भएकाले महारानीलाई संक्रमण हुने आशंकाले यस्तो गरिएको बताइएको छ ।

वि.सं.२०७६ चैत ४ मंगलवार ०९:०७ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...