back
CTIZAN AD

के होला प्रदेश २ को नाम र कहाँ होला राजधानी..?

वि.सं.२०७६ चैत ४ मंगलवार

993 

shares

४ चैत, जनकपुरधाम । प्रदेश नम्बर २ को नाम र स्थायी राजधानी आजै टुगिदैछ । नाम र राजधानीको टुंगो गोप्य मतदानबाट हुने गरी प्रदेश सभाको बैठक बिहानै बोलाइएको हो ।

सुत्रअनुसार प्रदेशको स्थायी राजधानी जनकपुरधामलाई नै राख्ने विषयमा सहमति भएको छ भने प्रदेशको नामको विषयमा भने सहमति भै सकेको छैन ।

२ नं प्रदेशका चार दलले प्रस्ताव गरेका तीन वटा अलग-अलग नाम मध्ये समाजवादी र राजपाले प्रदेशको नाम ‘मधेश’, नेकपाले ‘जानकी’ र कांग्रेसले ‘मिथिला–भोजपुरा’ राख्नुपर्ने भनेर प्रस्ताव दर्ता गराएको बताइएको छ । प्रदेश २ को नाममा सहमति जनाउन पटक पटक बैठक बसे पनि सहमति हुन सकेको छैन । सहमति भै हाले पनि प्रक्रियाका लागी गोप्य मतदानको तयारी गरीदैछ ।

कुल १ सय ७ सांसद मध्ये प्रदेश सत्ताको नेतृत्व गरिरहेको समाजवादी पार्टीको ३०, राजपा नेपालको २५, प्रमुख प्रतिपक्षी नेकपाको ३२, प्रतिपक्षी काँग्रेसको १९ र संघीय समाजवादीको १ सिट छ । एकल प्रस्तावमा नाम र राजधानी तोक्न दुई तिहाइ बहुमत नभएकोले सहमति जरुरी देखीएको हो । थप सहमतिको प्रयास स्वरुप मतदान सुरु हुनुअघि सांसदहरुलाई बोल्न दिइने जनाइएको छ ।

वि.सं.२०७६ चैत ४ मंगलवार ०९:५९ मा प्रकाशित

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...