back
CTIZAN AD

मेगा बैंकद्वारा धरानमा महिला उद्यमीलाई प्रशिक्षण

वि.सं.२०७६ चैत ४ मंगलवार

1.1K 

shares

 

‘आधार दरमा थप २ प्रतिशतमात्रै व्याजदर तिरे पुग्ने  यस कर्जामा राष्ट्र बैंकको निर्देशन अनुसार सेवा शुल्क मिनाहा गरिएको छ भने ६ प्रतिशत ब्याज अनुदानको व्यवस्था गरिएको छ ।

४ चैत, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले धरानमा महिला उद्यमीहरुलाई वित्तीय साक्षरता तथा ‘ब्याज अनुदान महिला उद्यमशिल कर्जा’ सम्बन्धी प्रशिक्षण कार्यक्रम  सम्पन्न गरेको छ ।

साना तथा मझौला उद्यमी महासंघसँग आबद्ध महिला उद्यमीहरुलाई सुनसरीको धरानमा वित्तीय साक्षरता तथा ‘ब्याज अनुदान महिला उद्यमशिल कर्जा’का बारेमा प्रशिक्षण कार्यक्रम गरेको हो ।

सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत बैंकले आयोजना गरेको कार्यक्रममा महिला उद्यमीहरुलाई बचत, बैंकिङ कर्जा, व्यवसायिक सफलतामा बैंकको महत्वका साथै मेगा बैंकले प्रदान गर्दै आएका विभिन्न सेवा सुविधाका बारेमा माइक्रो बैंकिङ विभागका प्रमुख पुण्य खनिया, मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपाने, मेगा बैंक धरान शाखाका प्रबन्धक सविन श्रेष्ठले लगायतले प्रशिक्षण दिएका थिए।

त्यस्तै मेगा बैंकले विशेष प्राथमिकता दिएको ब्याज अनुदान महिला उद्यमशिल कर्जाका बारेमा महिला उद्यमीहरुले निकै चासो लिएका थिए । आधार दरमा थप २ प्रतिशतमात्रै व्याजदर तिरे पुग्ने  यस कर्जामा राष्ट्र बैंकको निर्देशन अनुसार सेवा शुल्क मिनाहा गरिएको छ भने ६ प्रतिशत ब्याज अनुदानको व्यवस्था गरिएको छ ।

महिला उद्यमीहरुको आकर्षणको रुपमा रहेको हुँदा उद्यमी बन्न चाहने महिलाहरु यस कर्जाप्रति आकर्षित भएको मेगा बैंकका माइक्रो बैंकिङ प्रमुख खनियाले बताए ।

वि.सं.२०७६ चैत ४ मंगलवार १५:४२ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...