back
CTIZAN AD

तीन नेपालीमा कोरोना संक्रमण नभएको नेपाली दूतावास बहराइनको पुष्टि

वि.सं.२०७६ चैत ५ बुधवार

786 

shares

४ चैत, काठमाण्डौं । नेपाली दूतावास बहराइनले क्वारेन्टाइनमा राखिएका तीन नेपालीलाई कोरोना भाइरस संक्रमण नभएको पुष्टि गरेको छ ।

क्वारेन्टाइनमा राखिएका उनीहरुको भाइरस संक्रमण भए नभएको बारेमा परीक्षण गर्दा नेगेटिभ देखिएको जानकारी प्राप्त भएको जनाएको हो ।

नेपालीहरुको अवस्था बुझ्न दूतावासका श्रमसहचारी दामोदर दाहाल र राजदूतका सेक्रेटरी (स्थानीय कर्मचारी) शकिन अहमद सेखले स्थलगत निरीक्षण गरी सूचना संकलन गरेको पनि दूतावासले जनाएको छ । साल्मास्थित लेवर क्याम्पमा बस्दै आएका एक कामदारलाई संक्रमण पुष्टि भए पश्चात सोहि लेवर क्याम्पका अन्य सम्पूर्णको स्वास्थ्य परीक्षण तथा उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।
१७ मार्च अपरान्ह १ बनेसम्म स्वास्थ्य मन्त्रालयको पछिल्लो जानकारी अनुसार थप ४ जनामा उपचार पश्चात डिस्चार्ज भएका र यससँगै संक्रमण निदान प्राप्त गरी डिस्चार्ज हुनेको संख्या ८१ पुगेको पनि दूतावासले जनाएको छ ।

दूतावासका अनु्सार बहराइनमा हालसम्म १३ हजार २ सय ८२ जना व्यक्तिमा कोरोना संक्रमण भए/नभएको परीक्षण गरेकोमा १ सय ५५ जना संक्रमित छन् भने ३ जना संक्रमित विरामी आइसीयुमा छन् । सोमबार एक संक्रमित बहराइन नागरिकको मृत्यु भएको थियो ।

वि.सं.२०७६ चैत ५ बुधवार ०८:०६ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...