back
CTIZAN AD

चिराग गोयल भन्छन्–’सरकार मेरो घरलाई आइसोलेसन बनाउ’

वि.सं.२०७६ चैत ५ बुधवार

675 

shares

४ चैत, काठमाण्डौं । काठमाण्डौंको सिफलमा रहेको एक घरका मालिकले आफ्नो घरलाई यदि सरकारले आइसोलेन बनाउन चाहान्छ भने निःशुल्क रुपमा प्रयोग गर्न सक्ने बताएका छन् ।

गोयल ग्रुपका सिइओ तथा सामाजिक अभियन्ता चिराग गोयलले यदि काठमाण्डौंमा कोही पर्यटकले आर्थिक अभावका कारण होटलमा बस्न पाएका छैनन् भने आफ्नो घरलाई (अस्थायी अस्पताल) १४ दिनको क्वारेन्टाइन स्वरुप प्रयोग गर्न सक्ने बताएका छन् ।

विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीका कारण नेपालमा पनि यसको त्रास बढेको छ । यतिबेला सरकारले चाहेर पनि सबैलाई स्वास्थ्य सेवा दिन नसक्ने बताउँदै गोयलले चावहिलको सिफलमा आफ्नो घर खाली रहेको र त्यसमा १४ दिन सम्म निःशुल्क बस्न सक्ने बताएका छन् ।

‘घरमा ९ कोठा, ३ वाशरुम, २ टेरेस, (जसलाई कोठामा परिवर्तन गर्न सकिन्छ) अनि खाली ठाउँ पनि धेरै छ । जसमा टेन्ट राखेर प्रयोग गर्न सकिन्छ । तर यसको सरसफाईमा भने ध्यान दिनु पर्दछ । किन की केही समयदेखि घर खाली छ । यदि कोही बस्न चाहानुहुन्छ भने हामी सफाइ गरिदिनेछौं ।’ गोयलले मंगलबार सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

‘कोही पनि व्यक्ति कोरोना भाइरसविरुद्धको लडाईँको लागि ठाउँ खोजिरहनु भएको छ भने मलाई म्यासेजमा इन्बक्स गर्न सक्नुहुन्छ ।’ उनले भनेका छन् ।

घरको तस्बिरसहितर राखेर यस्तो अनुरोध गरेका गोयलको यस्तो प्रशंसनिय कदमलाई सबैले स्वागत गरेका छन् ।

वि.सं.२०७६ चैत ५ बुधवार ०७:४७ मा प्रकाशित

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...