५ चैत्र, काठमाण्डौं । कांग्रेस नेतृ तथा पूर्व शिक्षामन्त्री चित्रलेखा यादवका श्रीमान डा श्रीकृष्ण यादवमाथि बुहारी रानी यादवले यौनहिंसाको आरोप लगाएकी छन् ।
लोकसेवा आयोगका पूर्वसदस्य रहेका ससुरा श्रीकृष्ण यादवले आफूमाथि ५ बर्षदेखि यौनहिंसा गरेको कुरा रानीले सामाजिक संजाल फेसबुकबाट सार्वजनिक गरेकी छन् । आठ पेजमा हस्तलिखित रुपमा उनले आफूमाथि सासु–ससुराबाट भएको व्यवहार उल्लेख गरेकी छिन् ।
ससुरा श्रीकृष्ण यादवले विगत ५ बर्षदेखि यौनदुब्यर्वहार गरेको बिषयमा सासु चित्रलेखा, श्रीमान र आफन्तलाई जानकारी गराए पनि सुनुवाई नभएकाले सामाजिक संजालमार्फत सार्वजनिक गरेको उनले उल्लेख गरेकी छन् ।
रानीका श्रीमान अमेरिकामा बस्छन् । उनीहरुको ४ बर्षका एक छोरा पनि छन् । त्यही छोराका खातिर आफूले ५ बर्षदेखि ससुराको यौनउत्पीडन सहँदैआएको उनले उल्लेख गरेकी छन् । दरबार होटल सांसद यादवका पति डा श्रीकृष्ण यादवको हो ।
उनले पत्रको सुरुमै समाज सामू गम्भिर प्रश्नहरु गरेकी छिन् :
बिहे छोरासँग र वेड सयर बाउसँग गर्नुपर्ने कुन समाजमा हुन्छ ?
बुहारी घुमाउने काम कसको ?
घरमा आर्थिक सम्पन्ना हुँदाहुँदै बुढिलाई चाहिने के ?
बुहारीलाई आफूसँग होटलको बन्द कोठामा ढोका लक गरेर ३ घण्टा आराम कुन थकान मेटाउन गर्दछन् ?
ससुराले किस गरेर अँगालो हाल्दै छोरा छैन यहाँ त्यो भएर फिल नहोस् मायाको कमी भने सिकाउने सासु कुन क्लासको होला ?
मेरो श्रीमान कहिले आउँछ भन्ने प्रश्न गर्दा तिमीलाई मेरो छोराले ‘फिजिकल स्याटिस्फ्याक्सन’ दिन सक्दैन । म दिन्छु भन्ने ससुराबाउ कुन दर्जाको होला ?
जुन श्रीमानलाई सबै जानकारी हुँदा पनि काम हुन देऊ, घरमा मिलाएर बस, म आउँदिन अहिले । यस्तो भन्ने श्रीमान कस्तो होला ? बाबुले गरेको यौनहिंसाका बारेमा सबै भन्दा पनि मेरो बाबु त्यस्तो होइन भन्ने श्रीमान मलाई के कामको ?
उनले आफूमाथि भएको हिंसा बारे पत्रमा लेखेकी छिन् : (हेर्नुहोस् तल)
नेतृ चित्रलेखा भन्छिन् – भागेर गएपछि हाम्रो चरित्र हत्या गरिन्
नेतृ यादवले बुहारी रानीले अर्को केटासँग भागेपछि आफूहरुमाथि यति ठूलो गम्भिर आरोप लगाएको संसारन्युजसँग बताएकी छन् । आफ्नो श्रीमानमाथि लगाइएको आरोपमा पनि यादवले भनिन् ‘यामबहादुरसँग भागेपछि म र मेरा पतिलाई बदनाम गर्न यस्तो सोच्न पनि नसकिने आरोप लगाइएको हो ।

रानी गत फागुन २६ गते सोमबार नै दरबार होटलमा काम गर्ने यामबहादुर विश्वकर्मासँग भागेकी छिन् । यामबहादुरलाई होटलबाट निकाल्देपछि सत्रुतापूर्ण भावनाले यस्तो आरोप लगाएको उनको भनाइ छ । यादव भन्छिन् ‘उनीहरुको पहिले देखि नै सम्बन्ध रहेछ । मेरो छोरा १ वर्ष अघि अमेरिकाबाट नेपाल आउँदा कोठामा यामबहादुरसँग भिडियो च्याट गरिरहेको देखेपछि रिसाएर को हो भनेर सोधेको रहेछ । रानीले रिसाएर उल्टो साथीसँग कुरा गर्न पनि नपाइने भनेर मोबाइल फालेर फुटाएकी थिइन् । हामीले यो कुरा छोराले भनेन, थाहा पाएको भए अलिकति वाच गर्दथे, कुनै शंका भएन, हामीले रानीको अरु केटासँगको सम्बन्ध भागेर गएपछि मात्र थाहा पायौँ । ’
अरुसँग भाग्ने नै योजना बनाएपछि हाम्रो भन्दा त त्यो भाग्ने बढी माया लाग्नु स्वभाविक थियो । गएपछि हामीमाथि आरोप थोपरेर आफू उम्कने प्रयास गरि, यादवले भनिन् ।
रानीले सबैकुरा जानकारी गराएको भन्ने मलाई कहिले पनि केही कुराको जानकारी गराएको छैन । यति लेख्न सक्ने मान्छेले यहाँ हुँदा पनि धेरै थोक गर्न सक्थिनी, गैसकेपछि मान्छेको चरित्र हत्या गरेको छ, हाम्रो परिवारलाई आरोप लगाउन केही बाँकी राखेको छैन, यामको गेम प्लान थियो, त्यो प्लानभित्र उ पनि सहभागी भै । आफूहरुले कुनै नराम्रो व्यवहार गरेको बताउँदै उनी स्पष्ट पार्छिन् ‘हाम्रो छरछिमेक र टोलमा आएर पनि बुझ्न सक्नुहुन्छ, घरभित्र उ कस्तो माहोलमा बसेकी थिइ ।’
‘सिराहामा सशस्त्रका डीएसपी प्रेम रावलसँग यमबहादुरले १ बर्षअघि नै एउटी यादव केटी छ, मेरो उसँग लभ छ, उ ठूलो नेताकी छोरी हो, हामी भागेर इण्डिया जाने कुरा छ’ भनेको कुरा पनि यादवले सुनाइन् ।
यामबहादुरले होटलमा अरु स्टाफहरुसँग एकदिन यो होटलको एमडी बनेर आउँछु भन्दै सुनाउने गरेको आफूले कर्मचारीबाट सुनेको समेत उनले बताइन् ।
उ त गै उसँग साँढे ४ वर्षको बच्चा पनि छ, त्यो बच्चाको अवस्था के छ, कहाँ होला, त्यसको चिन्ता लागेको छ । यहाँ पढी रहेको थियो । उसको बाल दिमागमा कस्तो असर पर्ने हो, यादवले चिन्ता व्यक्त गरिन् ।
पहिल्यै ३ वटी श्रीमती भैसकेको व्यक्तिसँग भागेर गएकी छे । उ कस्तो मान्छे हो भन्ने बारे अन्त पनि बुझ्न सकिन्छ, सत्य तथ्य अबश्य खुल्ने र धैयता गरे सत्यको जित हुने विश्वास समेत उनले व्यक्त गरिन् ।
वि.सं.२०७६ चैत ५ बुधवार १७:४२ मा प्रकाशित






























