back
CTIZAN AD

यस्तो रहेछ लन्डनको ‘डाक्टर’ र बाग्लुङकी ‘लाहुरेनी’ को कथा

वि.सं.२०७६ चैत ५ बुधवार

1K 

shares

कमला ‘लाहुरेनी’ मेसन्जरका कारण तड्पीएकी छन् । काठमाण्डौंको गोंगवु बसपार्कबाट आफ्नी आमाका सामुन्ने श्रीमान खड्ग बहादुरले लिनुपर्ने दुईलाख रकम बोकेर ‘तँ तेरो बाटो जा’ भनेपछि कमला तड्पिएकी हुन् ।

बाग्लुङकी कमला काठमाण्डौंमा आएर तड्पनु पर्ने कथा भने विचित्रको छ । बाग्लुङ बजारमा बालबच्चासँग डेरा गरेर बसेकी र श्रीमान खड्ग बहादुर (सुमो चालक) ले पठाएको पैसाले घर चलाउँदै आएकी कमलालाई श्रीमान नभएको बेला छट्पटी नहुने कुरै भएन ।

उनको पनि मनै न हो, एक्लै हुँदा के गरौं कसो गरौं भयो नै होला । एकदिन उनको फेसबुकमा एक पुरुषको फ्रेन्ड रिक्वेस्ट आउँछ । उनले उसको जिउडाल देख्छिन् र साथी ओके गर्छिन् । बुढो सुमो चलाउने र केटाकेटी स्कुल जाने हुँदा कमलालाई कुरा गर्ने समय पनि हुने नैभयो । उनीहरु वीच प्रसस्तै कुरा चल्न थाल्यो । केटाले परिचय दिन्छ । ‘म लन्डनमा डाक्टरी गर्छु ।’ कमलाले भन्छिन् ‘मेरो बुढो लाहुरे हो ।’

लन्डनको डाक्टर र बाग्लुङकी लाहुरेनीको मिठो प्यार ६ महिना बढी चल्दै जान्छ फेसबुकमै । विचरा कमलाले घरै बोलाएर अनैतिक सम्बन्ध गाँसेकी चाहि होइनन् । तर उनी भावमा डुब्दै गइन् । लाहुरेकी श्रीमतीसँग फाइदा लिन जानेको लन्डनको डाक्टरले उनीसँग पटक पटक बहाना देखाउँदै पैसा धुत्न थाल्यो । कथा यो पनि विचित्रकै छ । सुमो चलाउने श्रीमानकी श्रीमतीले लोग्नेले जम्मा गर्न दिएको पैसा खुरु खुरु उसैलाई पठाइन् । डाइभरी काम गरेर लोग्नेले कमाएको पैसा मेसेन्जरका डाक्टरलाई पठाउने शाहस कमलालाई ‘निर्लिप्त आत्मीयता’ बाटै पैदा भएको हुनुपर्छ ।

एकदिन ड्राइभर खड्ग बहादुरले श्रीमतीलाई भने, ‘अब केही काम गर्नुपर्यो । तिमीसँग भएको साढे दुईलाख रुपैयाँ चािहयो ।’ कमला असिन पसिन नभैकन छिमेकी र चिनेजानेको सँग सापटी खोज्न सुरु गरिन् । ड्राइभरकी श्रीमतीलाई भन्ने बित्तिकै कसले पत्याउथ्यो र ? अन्तत श्रीमतीले सत्य कुरा बकिन । दुई चड्कन खाइन् । श्रीमतीको आमा (सासु) र श्रीमती लिएर खड्ग बहादुर लण्डने डाक्टर खोज्दै काठमाण्डौं आए ।

गोंगबु बसपार्कमा प्रहरीको निगरानीमा ‘डाक्टर जनक’ लाई फोन भयो । पन्छिने हिसाबमा कुरा गरेपनि कमलाले मेसेन्जरको आत्मीयता बढ्ने गरी नाटकीय रुपमा ‘काठमाण्डौं आएकी छु, सँगै फलानो होटलमा बसौं न ।’ भनिन् ।

पैसाले मुर्गा बनिसकेकी ‘लाहुरेनी’ लाई यौनको सारथी बनाउने उत्कण्ठा लिएर लन्डने डाक्टर गेष्ट हाउस पुग्यो । उसले चाल पायो कमला सुमो ड्राइभरकी श्रीमती भन्ने र कमलाले चाल पाइन नक्कली डाक्टर ।

कमलाका श्रीमानलाई चाहिएको थियो पैसा । प्रहरी निगरानीमै नक्कली डाक्टरले साढे दुईलाख जुटाएर कमलाका श्रीमानलाई दियो । सुमो ड्राइभर खड्ग बहादुरले श्रीमतीको रुवाइलाई पनि नक्कली ठान्दै भने, ‘अब तिमी तिम्रै बाटो जाउँ’ बुधबार जनआस्थामा प्रकाशित समाचारको आधारमा

वि.सं.२०७६ चैत ५ बुधवार १८:३८ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...