५ चैत, काठमाण्डौं । नेपाल सरकारले भोलिदेखि सुरु हुने भनिएको माध्यमीक शिक्षा परीक्षा (एसईई) परीक्षा स्थगीत गरेको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक इश्वर पोखरेलले एसईई परीक्षा स्थगित गरिएको जानकारी दिएको उच्च श्रोतले जनाएको छ । भोलीका लागि स्थगित गरिएको परीक्षा फेरि कहिले गर्ने भन्ने बारे भने सरकारले खुलाएको छैन ।
सबै परीक्षा केन्द्रमा आइसोलेसन वार्ड राखेर उच्च सतर्कता सहित परीक्षा सन्चालन गर्ने भनेर मंगलबार मात्रै शिक्षामन्त्रीले अपिल गरेका थिए । आज बसेको उच्च स्तरीय समितिले पनि त्यहि अनुसार परीक्षा अगाडि बढाउने भन्ने निर्णय गरेपनि एसईई परीक्षा स्थगीत भएको हो ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार बिष्णु रिमालले पनि यो कुराको पुष्टि गरेका छन । उनले SEE परिक्षा स्थगित भएको ट्विट गरेका छन ।
यसवर्षको एसईई परीक्षामा ५ लाख भन्दा बढी विद्यार्थीले परीक्षा दिने परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको थियो ।
वि.सं.२०७६ चैत ५ बुधवार १८:५६ मा प्रकाशित