back
CTIZAN AD

कोरोना कहर : श्रीलङ्का सरकारद्वारा निर्वाचन नै स्थगित

वि.सं.२०७६ चैत ७ शुक्रवार

903 

shares

 

७ चैत, कोलम्बो । कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी बन्दै गर्दा श्रीलङ्काले आगामी महिनाका लागि तय गरेको संसदीय निर्वाचनलाई अनिश्चितकालका लागि स्थगित गरेको छ ।

सरकारले कोरोनाभाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि तत्कालका लागि निर्वाचनलाई स्थगित गर्ने निर्णय लिएको अधिकारीले बताएका छन् ।

“विश्व स्वास्थ्य सङ्गठनले श्रीलङ्कालाई कोरोनाभाइरसको सङ्क्रमणको खतरा नरहेको बताए पनि हामीले निर्वाचनलाई तोकिएको समय (अप्रिल २५)मा सम्पन्न गर्न सक्दैनौँ,” निर्वाचन आयोगका प्रमुख महिन्दा देशाप्रियाले बिहीबार बताए ।

उनले भने, “निर्वाचन मे, जुन वा जुलाईमा कहिले गर्ने भन्ने बिषय कोरोनाभाइरस सङ्क्रमण फैलिने क्रम कहिलेसम्म जारी रहन्छ भन्ने बिषयमा निर्भर रहन्छ ।”

श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षले आगामी निर्वाचनमा आफ्नो दलले दुई तिहाइ बहुमतका साथ संसद्मा आउने विश्वाससहित यसबाट आफूलाई थप शक्तिशाली बनाउन सविधान संशोधनको अपेक्षा गरिरहेका अनुमानहरू स्थानीय राजनीतिक विश्लेषकहरूले बताएका छन् ।

कोरोना भाइरसका कारण विश्वव्यापी सन्त्रास फैलिएपनि श्रीलङ्कामा भने यसको सङ्क्रमण पुष्टि भएका ५३ व्यक्ति मात्र रहेका छन् । सरकारले यो हप्तादेखि अन्तर्राष्ट्रिय विमानस्थललाई बन्द (लकडाउन) गरेको छ भने संवेदनशील मानिएका करिब आठ लाख ५० हजार नागरिकलाई अतिआवश्यक काममा बाहेक आफ्नो घरबाट बाहिर नजान निर्देशन गरेको छ । (रासस/एएफपी)

वि.सं.२०७६ चैत ७ शुक्रवार ०८:५१ मा प्रकाशित

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...