back
CTIZAN AD

अध्ययन भन्छ, चीनको वुहानमा कोभिड–१९ सङ्क्रमितमध्ये १.४ प्रतिशतको मृत्यु

वि.सं.२०७६ चैत ७ शुक्रवार

831 

shares

७ चेत्र । सबैभन्दा पहिले कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको चीनको वुहान सहरमा सङ्क्रमणका कारण मृत्यु हुने विरामीको दर १।४ प्रतिशत रहेको अनुशन्धानबाट थाहा हुन आएको छ ।

बिहीबार अनुसनधानबारे सार्वजनिक रिपोर्ट अनुसार विश्वभर सङ्क्रमणका दुई लाखभन्दा बढी बिरामीमध्ये एउटै सहरमा सबैभन्दा धेरै चीनको वुहानमा सङ्क्रमित भएका थिए भने त्यसमध्ये १.४ प्रतिशतको मृत्युको कारण भाइरससङ्क्रमण रहेको छ ।

विश्व स्वास्थ्य संगठनले यसै महिना दिएको जानकारीमा विश्वव्यापीरूपमा सङ्क्रमितमध्ये ३.४ प्रतिशतको मृत्यु भएको बताइएको थियो । यसबारे विज्ञहरूले कोरोना सङ्क्रमणको परीक्षण गर्ने सिमित क्षमताका कारण सङ्ख्या बढी देखिएको भएपनि वास्तविक मृत्युदर उल्लेख्यरूपमा कम रहेको दावी गरेका छन् ।

अनुसन्धानकर्ताहरूले चीनको वुहानबाट प्राप्त विभिन्न आठ निजी तथा सरकारी तथ्याङ्क स्रोतहरूलाई समीक्षा गरेको र त्यसबाट वास्तविक मृत्यु दर आएको उल्लेख गरेका छन् ।

स्रोतहरूमा पुष्टि भएका विरामीहरूको वुहानबाट प्रकाशित तथ्याङ्क, पुष्टि भएका हवाई यात्रुका विवरण, पुष्टि भएका तथा मृत्यु भएका व्यक्तिको उमेरगत विवरण र सङ्क्रमितको सुरूवाती तथ्याङ्क र मृत्युलगायत आठथरी विवरण रहेका छन् ।

अध्ययनका लागि फेब्रुअरी २९ सम्मको तथ्याङ्क समावेश भएको र त्यतिवेलासम्म मुख्यभूमि चीनमा दुई हजार ८३८ व्यक्तिको मृत्यु भएको थियो भने ७९ हजार ३९४ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको थियो ।(एजेन्सी)

वि.सं.२०७६ चैत ७ शुक्रवार ०८:४२ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...