back
CTIZAN AD

उत्तरी अफगानिस्तानमा विस्फोट, ८ मृत्यु २२ घाइते

वि.सं.२०७६ चैत ७ शुक्रवार

933 

shares

७ चैत । अफगानिस्तानको उत्तरी प्रान्त तखारमा विस्फोटक पदार्थ विस्फोटमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २२ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ताले शुक्रबार जानकारी दिए ।

मारिएका व्यक्तिहरुमा दुई सर्वसाधारण र ६ तालिबानी लडाकू रहेका छन् । प्रान्तीय राजधानी तालुकानको बाहिरी इलाकामा स्थानीय समयाअनुसार बिहीबार साँझ ६ः३० बजे सो विस्फोट भएको प्रान्तीय सरकारका प्रवक्ता अब्दुल खालिलले सिन्हवा समाचार समितिलाई जानकारी दिए ।

व्यस्त सडक इलाकालाई लक्ष्य गर्दै तालिबानी लडाकू समूहले सो विस्फोटक पदार्थ बोकेर हिडेका जनाइएको छ । उक्त विस्फोटमा परी घाइते भएका दश सर्वसाधारणमा केही बालबालिका समेत रहेका समाचारले जनाइएको छ ।

गत वर्ष भएका विस्फोटक पदार्थ विस्फोटमा परी ८ सय भन्दा बढी नागरिक मारिनुको साथै २ हजार भन्दा बढि घाइते भएका थिए ।

वि.सं.२०७६ चैत ७ शुक्रवार १४:३२ मा प्रकाशित

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...