न्यूयोर्क, अमेरिका । याल्सुम्दो सेवा संस्था अमेरिकाले हिमाली समुदायहरुको नयाँवर्ष ग्याल्पो ल्होसार २१४७ औं जिवा ल्हो, मुसा वर्ग ल्होसारको अवसरमा शनिबार मार्च ७ तारिखका दिन भव्य कार्यक्रम गरेर मनाएको छ ।
नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत पुष्पराज भट्टराईको प्रमुख आतिथ्यमा ग्याल्पो ल्होसार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको हो ।
घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमोले कार्यक्रममा एन.आर.एन.ए. अमेरिकाका उपाध्यक्ष बि.आर.लामा, फिप्ना वरिष्ठ उपाध्यक्ष पदम गुरुङ, हिमालयन बुद्धिष्ट कम्युनिटी अध्यक्ष छेपकदोर्जे गुरुङको विशेष अतिथिको रुपमा सहभागिता रहेको जानकारी दिइन् ।
अमेरिकास्थित न्यूयोर्क स्टेट सिनेटर जोन सिलिन, ब्रोनोज प्रेसिडेन्ट एरिक आई एडम्स, इष्ट एशियन एफिर्स ब्रोक्ल्याण्ड दिलिप चौहान, काउन्सिल मेम्बर न्यूयोर्क डिष्ट्रीक्ट कोस्ता कन्टनटिनिदेस, काउन्सिल मेम्बर डोनोभन रिचार्डस, क्वीन ब्राउज निर्देशक डा. मोहम्मद, प्रेसिडेन्ट तस्मिना आरसाथ अथमलेब्बस, डेमोक्रेटिक लिडर सेर्यल फेतिक, एल.जि.टि.ए.प्रेसिडेन्ट मिचार्ड डनस्टोन, डेमोक्रेटिक क्यान्डिडेट इग्गे तेरन्नोभा, फर्मल जनर्ल सेक्रेटरी मुस्लिम सेन्टर अमेरिका सिनियर एङ्ग सलिम सयद, एथोनी एट ल एण्ड प्रेसिडेन्ट अफ फिलिपिनो कम्युनिटी लारा ग्रेगिरी जस्ता विशिष्ट व्यक्तित्वहरुको विशेष आतिथ्यमा ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान कार्यक्रम धूमधामकासाथ मनाइएको ल्हमोले जानकारी दिएकी छन् ।

अमेरिकास्थित न्यूयोर्क स्टेट सिनेटर जोन सिलिन, ब्रोनोज प्रेसिडेन्ट एरिक आई एडम्स, इष्ट एशियन एफिर्स ब्रोक्ल्याण्ड दिलिप चौहान, काउन्सिल मेम्बर न्यूयोर्क डिष्ट्रिक्ट कोस्ता कन्टनटिनिदेस, काउन्सिल मेम्बर डोनोभन रिचार्डस, क्वीन ब्राउज निर्देशक डा.मोहम्मद, प्रेसिडेन्ट तस्मिना आरसाथ अथमलेब्बस, डेमोक्रेटिक लिडर सेर्यल फेतिक, एल.जि.टि.ए.प्रेसिडेन्ट मिचार्ड डनस्टोन, डेमोक्रेटिक क्यान्डिडेट इग्गे तेरन्नोभा, फर्मल जनर्ल सेक्रेटरी मुस्लिम सेन्टर अमेरिका सिनियर एङ्ग सलिम सयद, एथोनी एट ल एण्ड प्रेसिडेन्ट अफ फिलिपिनो कम्युनिटी लारा ग्रेगिरी जस्ता विशिष्ट व्यक्तित्वहरुको विशेष आतिथ्यमा ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान कार्यक्रम धूमधामकासाथ मनाइएको बताएकी छिन् ।
ब्यक्तिवादी तथा दलिय चिन्तन र संक्रिण बिचारबाट माथी उठेर संधै संस्थाको उन्नति र प्रगतिका लागि सोच र चिन्ता लिने बर्तमान कार्य समितिका अध्यक्ष निमा ल्हमोलाई संस्थाको उन्नति र प्रगतिको साथै समाजिक कार्यमा बिशेष योगदान दिएबापत बुर्क्लिन बोरो प्रिसिडेन्ड Eric L-Adams र न्युयोर्क सिटी डिस्ट्रिक २२ काउन्सिल मेम्बर Costa Constantinides बाट बिशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा उपस्थित् विभिन्न पोल्टिकल पार्टी नेताहरुले सबै सामाजिक संस्थाले घ्यालसुम्दो सेवा संस्थाको परिवारलाई बधाईको साथै लोसारको शुभकामना दिंदै घ्यालसुम्दो सेवा संस्थाका निवर्तमान अध्यक्ष छिरिङ राप्के लामा, निमा लामा, पूर्वसंस्थापक अध्यक्ष दावा पुनेल र पूर्वमहासचिव पासाङ लामालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
मन्तव्यमा विभिन्न पोल्टिकल पार्टीको लिडर र सामाजिक संस्थाको अगुवाहरुले उदाहरण र नमुनाको रुपमा भव्य सम्पन्न गरेकोमा घ्यालसुम्दो सेवा संस्थाको सबै समुदायलाई धन्यवाद दिंदै यो ऐतिहासिक कार्यक्रम भएको स्मरण गरे ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाको उपाध्यक्ष गरौव लामाले गरेका थिए भने, कार्यक्रम सञ्चालन संस्थाका महासचिव चित्र गुरुङले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल कन्सुलेटका महावाणिज्यदूत् पुष्पराज भट्टराईले विदेशको भूमिमा आएर आफ्नो चाडपर्व, संस्कार संस्कृति मनाउनुको साथै विदेशीहरुको उपस्थितिमा समेत यो कार्यक्रम गरेकोमा संस्थालाई धन्यबाद दिंदै कोरोना भाइरसबाट सचेत रहन लागि पनि सबैलाई आग्रह गरे ।
दोस्रो चरण सांस्कृतिक कार्यक्रम घ्यालसुम्दो सेवा संस्थाका पूर्वमहासचिव पासाङ लामा र दिकी ह्योल्मोले सञ्चालन गरेका थिए ।

कार्यक्रममा चर्चित डान्सर गीता राई, नायिका यन्सर गुरुङ, संगीता मगर, तारा गुरुङ, रुथमान गुरुङ र टिबेटन गायिका शेराब छोमो लगायतका कलाकारहरुले प्रस्तुति गरेका थिए । घ्यालसुम्दो समुदायका कलाकार भाइवहिनीहरुले पनि आफ्नो कला प्रस्तुत् गरेका थिए ।
वि.सं.२०७६ चैत ७ शुक्रवार १६:२९ मा प्रकाशित



























