back
CTIZAN AD

गौतमद्वारा ३० कोठा आइसोलेसनका लागि दिने घोषणा

वि.सं.२०७६ चैत ८ शनिवार

1.1K 

shares

८ चैत्र, काठमाडौँ । नेपालीहरु सहयोगी मात्र छैनन्, देशलाई संकट परेको बेला नेपालीहरु ठूलो मन देखाउन सक्छन् भन्ने थोरै नै भएपनि केही व्यक्तिहरुले देखाएका छन् ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरसको उच्च जोखिम देशमा राखेपछि र अन्य मुलुकमा फैलने क्रम बढेपछि नेपालमा पनि सर्तकता बढी रहेको छ । सरकारले पनि आफ्ना नागरिकलाई सुरक्षित राख्न सक्दो प्रयास गरेकै देखिन्छ । यो संगिन सक्रमणकाल हो, यस्तो अवस्थामा राज्यका साथै नागरिकको पनि सहयोग उत्तिकै महत्वपूर्ण हुन्छ ।

केहि दिनदेखि नागरिकका तर्फबाट पनि आफ्नो ठाउँबाट राज्यलाई सहयोग गरेका समाचाहरु आइरहेका छन् । यसैक्रममा दाङ घोराहीका राजीव गौतम(वैरागी जेठा) ले आफ्नो ३० कोठाको नगर मार्केट आइसोलेसनका लागि निशुल्क उपलब्ध गराउन तयार रहेको जनाएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत सौचालय र फिल्टर पानीको राम्रो सुविधा भएको राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानसङ्ग जोडिएको र प्रतिस्ठानकै कम्पाउण्ड भित्रबाट सजिलै आवत जावत गर्न सकिने 10×12  फीटका करीब घण् वटा कोठाहरु स्वास्थ बिज्ञान प्रतिस्ठानलाई निःसुल्क उपलब्ध गराउन तयार भएको जनाएका हुन् ।

उनले भनेका छन् :
” कोरोनाको कहर सर्बत्र फैलिरहेको अबस्थामा राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानसङ्ग जोडिएको र प्रतिस्ठानकै कम्पाउण्ड भित्रबाट सजिलै आवत जावत गर्न सकिने 10×12  फीटका करीब ३० वटा कोठाहरु गौतम नगर मार्केट भित्र खाली छन । सौचालय र फिल्टर पानीको राम्रो सुबिधा छ । यदि आइसोलेसन का लागि उपयुक्त भए कोरोनाको कहर रहेसम्म स्वास्थ बिज्ञान प्रतिस्ठानलाई निसुल्क उपलब्ध गराउन सक्छु ।चाहिए आधिकारिक ब्यक्तिहरुले सम्पर्क गर्नु होला । स्वर्गद्वारी महाप्रभु , पशुपति नाथ र अम्बे माताले हामी सबैको रक्षा गरुन ।हरि ॐ ।”

उदाहरणीय घरबेटी, ३ महिना कोठाको भाडा नलिने घोषणा

वि.सं.२०७६ चैत ८ शनिवार १६:४८ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...