९ चैत, काठमाण्डौं । बुटवल उपमहानगरपालिकाले उपमहानरका वडाबाट सम्पादन हुने अत्यावस्यक सेवा बाहेक अन्य सेवाहरु चैत २१ गतेसम्म बन्द हुने भन्दै अत्यन्त जरुरी सूचना जारी गरेको छ ।
उपमहानगरले वडा कार्यालयहरुबाट सम्पादन हुने अत्यावस्यक सेवाहरु (वारुणयन्त्र/दमकल/फोहोरमैला व्यवस्थापन/ स्वास्थ्य सेवा र विपद् व्यवस्थापन बाहेक अन्य सवै सेवाहरु चैत २१ सम्म बन्द गरिएको सूचनामार्फत् जनाएको छ ।
त्यसैगरी वडा कार्यालयका कर्मचारीहरु नियमित रुपमा कार्यालयमा उपस्थित भइ आन्तरिक व्यवस्थापन सम्बन्धी काम गर्न समेत आग्रह गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना माहामारीको सम्भावित जोखिमबाट बच्नका लागि उपमहानगरले यस्तो निर्णय गरेको बताउँदै सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी रहेको पनि जनाएको छ ।
वि.सं.२०७६ चैत ९ आइतवार १६:३९ मा प्रकाशित