९ चैत, काठमाण्डौं । इरानमा १०३ वर्षीया महिला कोरोना सङ्क्रमणबाट पूर्णरुपमा निको भएको समाचार छ ।
वृद्धहरु कोरोना भाइरसको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले बताउँदै आएता पनि यी महिलाले कोरोना भाइरसलाई पराजित गरेकी छन् ।
आईआरएनएमए समाचार संस्थाका अनुसार ती महिला करिब एक हप्ता अगाडी कोरोना सङ्क्रमणको कारण सेमनान अस्पतालमा भर्ना भएकी थिईन् । उपचारपछि कोरोना भाइरसबाट पूर्णरुपमा निको भएर उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ भनेर सेमिनान अस्पतालका प्रमुख नवीद दनायीले आईआरएनएमए न्यूज एजेन्सीलाई बताएका छन् ।
उक्त न्यूज एजेन्सीका अनुसार इरानमा अर्का ९१ बर्षका व्यक्ति पनि कोरोनाका सङ्क्रमणबाट पूर्णरुपमा निको भएका छन् ।
अहिले इरानमा १९ हजार ६४४ जना कोरोना भाइरसबाट सङ्क्रमीत छन् भने १४०० भन्दा बढि व्यक्तिले आफ्नो ज्यान गुमाईसकेका छन् ।
वि.सं.२०७६ चैत ९ आइतवार १६:०७ मा प्रकाशित






























