back
CTIZAN AD

बहराइनमा रहेका तीन नेपालीमा कोरोना संक्रमण भएको पुष्टि

वि.सं.२०७६ चैत ९ आइतवार

768 

shares

९ चैत, बहराइन । बहराइनमा रहेका तीन नेपालीलाई कोरोना भाइरस संक्रमण भएको छ ।

कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखिएका ६ नेपालीमा ३ जनामा कोरोना पोजेटिभ देखिएको नेपाली दूतावास बहराइनले जनाएको छ ।
दूतावासका अनुसार उनीहरु दुई पुरुष र एक महिला रहेका छन् । उनीहरुलाई बहराइन सरकारले राम्रो उपचार गरिरहेको छ ।

बहराइनमा हालसम्म ३१० जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु मध्ये १२५ जना निको भएर घर फर्किसकेका छन् भने १ जनाको मृत्यु भएको बताइएको छ ।

यसैबीच दूतावासले बहराइनमा रहेका नेपालीहरुलाई सुरक्षा सतर्कता अपनाउन भन्दै बहराइन सरकारले सबै प्रवासी नागरिकलाई उपचारको व्यवस्था आफ्ना नागरिकलाई सरह गरेकाले नआतिन आग्रह समेत गरेको छ ।

स्मरण रहोस्, यसअघि पोर्चुगलमा एक, दुवईमा दुई जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको समाचार आएको छ भने बेलायतमा शनिबार एक व्यक्तिको मृत्यु भएको छ । बहराइनमा पनि दुई जनामा संक्रमण पुष्टि भएएसँगै विदेशमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ भने एकको मृत्यु भएको छ ।

वि.सं.२०७६ चैत ९ आइतवार १५:३४ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...