back

बहराइनमा रहेका तीन नेपालीमा कोरोना संक्रमण भएको पुष्टि

वि.सं.२०७६ चैत ९ आइतवार

399 

shares
GLOBAL IME AD
NTC AD

९ चैत, बहराइन । बहराइनमा रहेका तीन नेपालीलाई कोरोना भाइरस संक्रमण भएको छ ।

कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखिएका ६ नेपालीमा ३ जनामा कोरोना पोजेटिभ देखिएको नेपाली दूतावास बहराइनले जनाएको छ ।
दूतावासका अनुसार उनीहरु दुई पुरुष र एक महिला रहेका छन् । उनीहरुलाई बहराइन सरकारले राम्रो उपचार गरिरहेको छ ।

बहराइनमा हालसम्म ३१० जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु मध्ये १२५ जना निको भएर घर फर्किसकेका छन् भने १ जनाको मृत्यु भएको बताइएको छ ।

यसैबीच दूतावासले बहराइनमा रहेका नेपालीहरुलाई सुरक्षा सतर्कता अपनाउन भन्दै बहराइन सरकारले सबै प्रवासी नागरिकलाई उपचारको व्यवस्था आफ्ना नागरिकलाई सरह गरेकाले नआतिन आग्रह समेत गरेको छ ।

स्मरण रहोस्, यसअघि पोर्चुगलमा एक, दुवईमा दुई जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको समाचार आएको छ भने बेलायतमा शनिबार एक व्यक्तिको मृत्यु भएको छ । बहराइनमा पनि दुई जनामा संक्रमण पुष्टि भएएसँगै विदेशमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ भने एकको मृत्यु भएको छ ।

वि.सं.२०७६ चैत ९ आइतवार १५:३४ मा प्रकाशित

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिमीरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिमीरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेलाई विशेष सम्मान प्राप्त भएको...

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिका । अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनामा लागेकी लक्ष्मी श्रेष्ठको...

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्क । उच्च शिक्षा अध्ययनका लागि डेनमार्क पुगेकी एक नेपाली...

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

लन्डन (बेलायत) । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको...

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

काठमाडौँ । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा...

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन्...