back
CTIZAN AD

क्वारेन्टाइनमा बसेकी गायिका कनिकाले डाक्टर र नर्सलाई यस्तो आरोप लगाएपछि

वि.सं.२०७६ चैत ९ आइतवार

789 

shares

भारत लखनउकी चर्चित गायिका कनिका कपुर यतिबेला लखनउस्थित संजय गान्धी अस्पतालमा क्वारेन्टाइनमा रहेर उपचार गराइरहेकी छन् । तर कपुरले शनिबार अस्पतालले राम्रो सेवा सुविधा नदिएको आरोप समेत लगाएकी छन् ।

कपुरले यस्तो आरोप लगाएपछि अस्पतालका डाइरेक्टरले कनिका कपुरलाई अस्पतालमा सेलिब्रेटी नभइ विरामीको जस्तो व्यवहार गर्न सुझाएका छन् । उनले कनिकालाई राम्रो स्वास्थ्य सेवा दिइरहेको अवस्थामा पनि अस्पतालका स्टाफलाई दवाव दिइरहेको समेत बताएका छन् । उनले आफ्नो उपचारका लागि संयम भएर अस्पताललाई सहयोग गर्न पनि भनेका छन् ।

अस्पतालले कनिकालाई अलग बेडसिट, बाथरुम, विस्तरा, टिभीलगायतका सेवा उपलब्ध गराउनुका साथै अस्पतालको किचनबाट ग्लूटोन फ्रि डाइट उपलब्ध गराएको पनि जनाइएको छ ।

मार्च ९ मा लन्डनबाट फर्किएकी कनिकाले आउनासाथ पार्टी दिएकी थिइन् । उनको पार्टीमा आएका ४५ जनाको कोरोना जाँचमा नेगेटिभ देखिएको बताइएको छ ।

कनिका लखनउको महानगरस्थित एक अर्पाटमेन्टमा बसेकी थिइन् । जुन अर्पाटमेन्टमा ७०० परिवार रहेको बताइएको छ । साथै १५ मार्चमा लखनउको ताज होटलमा भारतीय कांग्रेसका पूर्वसांसद जितिन प्रसादका ससुरा आदेश सेठले दिएको पार्टीमा कनिका सहभागी भएको र उक्त पार्टीमा राजस्थानकी पूर्वमुख्यमन्त्री, बसुन्धरा राजे, उनका छोरा दुष्यन्त सिंह, उत्तर प्रदेशका स्वास्थ्यमन्त्री जयप्रतापलगायतको सहभागिता रहेको बताइएको छ ।

वि.सं.२०७६ चैत ९ आइतवार १५:१० मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...