back
CTIZAN AD

काठमाण्डौमै एकजनामा कोरोना संक्रमित, अब धैर्यता र संयमताको खांचो

वि.सं.२०७६ चैत १० सोमवार

954 

shares

१० चैत, काठमाण्डौं । सरकारले कोरोना संक्रमण नहोस् भनेर उच्च साबधानी बढाएकै बेला राजधानी काठमाण्डौमै कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार मध्यान्हमा बिशेष पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका हुन् । मन्त्रीका अनुसार फ्रान्सबाट काठमाडौं आएकी एक युवतीमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

फ्रान्सबाट कतारको दोहा हुदै चैत्र ४ गते नेपाल आएकी ती १९ बर्षिया बिद्यार्थीमा कोरोना प्रमाणित भएको हो । आउदासाथ उनीमा कोरोनाको कुनै लक्षण देखिएको थिएन र होम क्वारेन्टाइनमा बसेकी थिइन् ।

सरकारको निगरानी र परीक्षणका क्रममा कोरोना संक्रमण भएको पुष्टि भएपछि उनको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार भइरहेको मन्त्रलायले जनाएको छ । उनीसंगै आएका र उनको संपर्कमा रहेका सबैको खोजी भैरहेको पनि पत्रकार सम्मेलनमा बताइएको थियो । सो अबसरमा मन्त्री ढकालले धैर्यता र संयमतामा जोड दिदै अबका पत्रकार सम्मेलन फरक रुपले हुने समेत बताएका थिए ।

वि.सं.२०७६ चैत १० सोमवार १३:३६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...