back
CTIZAN AD

भारतमा कोरोनाको नमूना सङ्कलन गर्न स्वास्थ्यकर्मी घरमा नै पुग्ने

वि.सं.२०७६ चैत १२ बुधवार

897 

shares

१२ चैत, नयाँ दिल्ली। विश्वव्यापी प्रकोपका रूपमा देखिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि भारत सरकारले शंकास्पद व्यक्तिहरुको नमुना सङ्कलन घरमै पुगेर गर्ने भएको छ ।

सरकारले कोरोना भाइरसको शङ्का लागि विरामीले माग गरेमा घरसम्म नै पुगी नमूना सङ्कलन गर्ने र परिक्षणका लागि दिल्लीमा एम्स, लखनऊमा केजीएम, जयुपुरमा एसएमएस, कोलकोत्तामा एनआईसीईडी, गुवाहाटीमा जीएमटी, नागपुरमा आइजीजीएमसी, मुम्बईमा कस्तुरबा मेडिकल कलेज, अहमदावादमा बीजे मेडिकल कलेज, बैंगलोरमा बीएमसीआरआई र चेन्नईमा केआईपीएमआर लगायतका अस्पतालहरुमा व्यवस्था मिलाएको छ ।

यसअघि भारतभर १३ वटा ल्याबमा मात्रै कोरोना भाइरसको परीक्षणको सुविधा रहेकोमा मंगलबारदेखि थप १८ ल्याबमा कोरोना भाइरसको परीक्षण गर्न सकिने व्यवस्था सरकारले मिलाएको छ । भारतमा अब ३१ वटा प्रयोगशालामा कोरोनाको परीक्षण गर्न सकिने छ ।

सरकारले निजी प्रयोगशालाका लागि परीक्षण शुल्कसमेत तोकेको छ । निजी प्रयोगशालामा ४ हजार ५ सय भारतीय रुपैयाँमा कारोनाको जाँच गर्न सकिने बताइएको छ ।

सरकारले निजी प्रयोगशालामा यदी कसैको रिपोर्ट ‘पोजेटिभ’ आएमा अन्तिम परीक्षणका लागि पुणे पठाउनु पर्ने जनाएको छ । त्यसपछि मात्रै कोरोनाको अन्तिम पुष्टि हुनेछ ।

भारतमा मङ्गलबार साँझ ८ बजेसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५११ पुगेको र यसका कारण १० जनाको मृत्यु भएको तथ्याङ्क सङ्कलन वेबसाइट वल्डोमिटरले जनाएको छ । (रासस/एएनआई)

वि.सं.२०७६ चैत १२ बुधवार ०७:०९ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...