back
CTIZAN AD

कुनै पर्यटक अलपत्र छैनन, सबै सुरक्षित छनः टान महासचिब लामा

वि.सं.२०७६ चैत १२ बुधवार

891 

shares

१२ चैत्र काठमाडौं । नेपालमा आएका कुनै पनि पर्यटक अलपत्र नपरेको ट्रेकिङ एजेन्सि एसोसिएसन अफ नेपाल (टान)की महासचिब सरिता लामाले जनाकारी दिएकी छन । बिश्व्यापि माहामारीको रुपमा फैलिएको नोवेल कोरोन अर्थत कोभिड १९ भाइरसका कारण मुलुक नै लकडाउन भए पछि सगरमाथा पद यात्रामा गएका ३०० बिदेशि पदयात्रीहरु अलपत्र परेको समाचार कतिपय अनलाईनहरुमा सर्बजनिक भए पछि उनले सो समाचारको खण्डन गरेकी हुन ।

“बरु उनीहरु काठमाडौं आए भने चाहि समस्या हुन्छ कम्तिमा उनीहरु त्यहाँ डृल्न त पाईरहेका छन ।

महासचिव लामाका अनुसार, अहिले खुम्बु क्षेत्रमा २०० जना जति बिदेशि पर्यटकहरु छन । तिनिहरु सबै सुरक्षित छन । त्यसै गरि अन्नपूर्ण, लाङ्टाङ, पोखरा, आरुघाट लगायतका ठाउ्रँहरुमा पनि लकडाउन हुनु भन्दा अगाडी नै गएका पर्यटकहरु रहेको तथा सबैजना सुरक्षित रहेको लामाले संसार न्यूज लाई जानकारी दिईन ।

‘सबै पर्यटकहरुले खान बस्न पाईरहेका छन ।’ लामाले भनिन ‘बरु उनीहरु काठमाडौं आए भने चाहि समस्या हुन्छ कम्तिमा उनीहरु त्यहाँ डृल्न त पाईरहेका छन ।’

तर पर्यटकहरु काठमाडौं आउन चाहेको खण्डमा गृहमन्त्रालयसंग समन्वय गरेर ल्याइने त्यसका लागि मौसम अनुकुल हुनु पर्ने लामाले बताईन । ‘मौसम अनुकुल भएमा ल्यउन सकिन्छ ।’ उनले भनिन ‘त्यसका लागि १० वटा फ्लाइृट हुनुपर्छ ।’

“हामी कुनै पनि हालतमा उनीहरुलाई अलपत्र पर्नं दिंदैनौं

नेपाल पर्यटन बोर्डमा रहेको क्राईसिस मेनेजमेन्ट टिमले अहिले पर्यटकहरुलाई त्यहि ठाउँहरुमा सुरक्षित राख्ने की काठमाडौं ल्याउने भन्ने कुरामा छलफल गरिरहेको छ । पर्यटकहरुलाई काठमाडौंसम्म ल्याउनको लागि गृहमन्त्रालयसंग स्विकृति लिन लागिएको तथा मौसमि प्रतिकुलताका कारणले पनि यहाँ ल्यउन समस्य हुने देखिएको छ ।

कुनै पनि पर्याटक अल पत्र छैनन: उपाध्यक्ष टसील्हामु शेर्पा, खुम्बु पासाङल्हामु गाउँपालिका

 

खुम्बुक्षेत्रमा कोहि पनि बिदेशी पर्यटक अलपत्र नपरेको खुम्बु पासाङल्हामु गाउँपालिकाकी उपाध्यक्ष टसील्हामु शेर्पाले बताएकी छन । ‘पर्यटक हाम्रो रोजिरोटीसँग जोडिएका छन ।’शेर्पाले भनिन ‘हामी कुनै पनि हालतमा उनीहरुलाई अलपत्र पर्नं दिंदैनौं ।’

शेर्पाका अनुसार गाउँपालिकाले पनि त्यहाँबाट पर्यटकहरुलाई काठमाडौंसम्म लैजानका लागि पहल गरिएको जानकारी दिंदै खुम्बु क्षेत्रका होटलहरुमा पर्याप्त खद्यान्न मौज्दात छ । गाउँपलिकाले सहुलियत दिएर पनि लकडाउन अबधि भरि पर्यटकहरुलाई सुरक्षित राखिने जानकारी दिईन ।

‘अहिले लुक्लामा करिब १०० पर्यटक छन । नाम्चेमा र पद यात्रामा रहेका सहित करिब १०० पर्यटक हुन सक्छन । सबै सुरक्षित छन ।’ उनले भनिन ।

वि.सं.२०७६ चैत १२ बुधवार १२:४१ मा प्रकाशित

पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

काठमाडौँ । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत मङ्गलबार...