back
CTIZAN AD

थप एक व्यक्तिमा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३ पुग्यो

वि.सं.२०७६ चैत १२ बुधवार

963 

shares

१२ चैत, काठमाण्डौं । नेपालमा कोरोना भाइरस संक्रमित व्यक्तिको संख्या ३ पुगेको छ ।

बुधबार स्वास्थ्य मन्त्रालयले टेकुमा उपचाररत एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिएको हो ।

उनी खाडी मुलुकबाट आएको पनि मन्त्रालयले जनाएको छ । उनी कहाँ बसेका थिए र को–कोसँग सम्पर्कमा रहेका थिए भन्ने बारेमा मन्त्रालयलयले केही समयमा विस्तृत विवरण दिइने जनाइएको छ ।

अहिलेसम्म पहिलोपटक चीनबाट फर्किएका एक युवामा भाइरस संक्रमण देखिएको थियो । उनी अहिले निको भइसकेका छन् भने गत चैत ४ गते फ्रान्सबाट दोहा हुँदै नेपाल आएकी एक १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएको थियो । उनी अहिले टेकुको आइसोलेसनमा उपचाररत छन् ।

वि.सं.२०७६ चैत १२ बुधवार १२:५९ मा प्रकाशित

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...