back
CTIZAN AD

एनआएनए साउदीद्धारा कोरोना भाइरसबारे सर्तक गराउँदै, उद्धार समिति गठन

वि.सं.२०७६ चैत १२ बुधवार

930 

shares

१२ चैत, साउदी । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् साउदीले साउदीमा रहेका नेपालीलाई कोरोना भाइरसको संक्रमणबाट बच्न सर्तक गराउँदै उद्धार समितिको गठन गरेको छ ।

२३ मार्चमा बसेको परिषद्को बैठकले परिषद्का अध्यक्ष तेज थापाको संयोजकत्वमा गठन गरिएको उक्त उद्धार समितिमा वरिष्ठ उपाध्यक्ष ध्रुव कुमार रिजाल जेद्धा, उपाध्यक्ष भोलानाथ पौडेल दमाम, उपाध्यक्ष रोशन कुमार श्रेष्ठ दमाम, उपाध्यक्ष विशाल श्रेष्ठ अलकासिम, का.बा महासचिव लाल बहादुर मगर जिजान, कोषाध्यक्ष सन्तोष लुइँटेल जेद्धा, प्रवक्ता विष्णु न्यौपाने जेद्धा, सल्लाहकार भक्त हमाल ताबुक र क्षेत्रिय उपाध्यक्ष मेनुका सिटौला ओडारी रियाद रहेका छन् ।

संघले उनीहरुको सम्पर्क नम्बरसहित राखेर समस्या परेमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

 

कोरोना भाइरस संक्रमण रोकथाम तथा निन्त्रणका लागि साउदी सरकारले यतिबेला १४ दिने होम क्वारेन्टाइन निर्देश जारी गर्दै २३ मार्चदेखि लागुहुने गरी साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म २१ दिने कफ्र्यु आदेश जारी गरेको छ ।

यस्तो बेलामा नेपाली समुदायहरु नआत्तिन, नहडबडाउन, शसंकित नहुन, भ्रमित नहुन र साउदी सरकारले जारी गरेको निर्देशनको पूर्णरुपमा पालना गर्न समेत अनुरोध गरेको छ ।

 

वि.सं.२०७६ चैत १२ बुधवार १२:३७ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...