back
CTIZAN AD

कोरोना कहर : चीनको नान्जिङबाट एक नेपालीको आग्रह

वि.सं.२०७६ चैत १२ बुधवार

1.2K 

shares

नेपाल सरकारले गरेको लकडाउन एक्दमै सराहनीय छ । यो निर्णयले पक्कै पनि गुजारा गर्न दैनिक काम गर्नुपर्ने परिवारलाई असर पर्छ । यस्तो समयमा सबैले एकअर्कालाई सहयोग गरेर अघि बढ्नु पर्छ । सरकार तथा विश्व स्वास्थ्य संगठनको सुझावलाई आत्मसाथ गदै तथा लकडाउनको समयमा घरमै बस्नाले आफूमात्र नभई परिवार र समाजलाई सङ्क्रमण हुनबाट जोगाउन सकिन्छ ।

नान्जिङ शहर चीनको दक्षिण पूर्वी क्षेत्रमा अवस्थित छ । म यो शहरमा बस्दै आएको साढे ३ बर्ष भयो । यो अवधिमा कुनै पनि खालको समस्या
झेल्नुपरेन, तर सन् २०२० भने फरक रह्यो । हो, कोरोना भाइरस जसलाई कोभिड १९ को नामले पनि चिनिन्छ यो भाइरस हुर्बेइ प्रान्तको
वुहान शहरमा डिसेम्बर महिनामा पहिलोपटक देखापरेको थियो । सामान्य व्यक्तिमा देखिन करीब दुई हप्ता लाग्ने यो भाइरस प्रतिरक्षा प्रणाली राम्रो भएका व्यक्तिमा लक्षण नै नदेखिने वा ढिला लक्षण देखिन सक्छ । उच्च ज्वरो, स्वासप्रस्वासमा कठिनाइ, खोकी थकान यो भाइरसको लक्षणहरु हुन् । जनवरी ११ मा कोरोनाको कारण वुहानमा पहिलो व्यक्तिको मृत्यु भयो । त्यसपछि दिनानुदिन मृत्यु हुनेको संख्या वद्धि हुन थालेपछि जनवरी २३ का दिन वुहान शहरलाई लकडाउन गरियो । सो समयमा चिनीया नयाँबर्ष पनि परेको र देशभर यात्रा गर्ने मान्छेको संख्या वृद्धि हुने कारणले लकडाउन एकदमै राम्रो निर्णय थियो । तर पनि वुहानमा मात्र नभई चीनको विभिन्न शहरहरु तथा अन्य देशहरुमा समेत कोरोना संक्रमित भेटिन थाले ।

चीन सरकार र चियाङसु प्रान्त सरकारको निर्णय हुनुपर्छ, त्यसको केही समय पछि हामीलाई पनि युनिभर्सिटीले बाहिर जान प्रतिबन्ध लगायो ।
हरेक ५–६ दिनमा नाम रजिष्टार गरेर मात्र सामान किन्न बाहिर जान पाइने भयो । हामीलाई घर फर्किन भने कुनै रोकावट थिएन । केही साथीहरू घर फकिए तर म भने घर र्फकँदा अरुमा कोरोना संक्रमण हुनसक्छ भन्ने डरले नफर्कने निर्णय गरेँ । लगभग साढे २ महिना भयो म र अरु दई जना साथी कोठामै बसेको । यो समयावधिमा हामी मात्र ६–७ पटक बाहिर गयौं । कहिलेकाहिँ हल्का रुघाखोकी लाग्दा पनि डर लाग्थ्यो । कोठामै बसेका कारण कोरोना संक्रमण हुने सम्भावना एक्दमै न्यून छ, तर बाहिर निस्कँदा डर भने पक्कै लाग्छ । अरु प्रान्तको तुलनामा हामी बसेको प्रान्त र शहरमा सङ्क्रमित र मृत्यु हुनेको संख्या धेरै कम छ । चीनमा ३२७७ ले ज्यान गुमाए ७३१५९ जना निको भैसकेका छन् ।

सरकारको अनुरोधलाई पालना गर्दै सर्बै व्यक्ति घरमै बसेका कारण अहिले नयाँ बिरामी देखापरेका छैनन् । स्थिति पूर्ण रूपमा सामान्य नभएता पनि यो सामान्य अवस्थामा फर्कंदै छ । मानिसहरुको चहलपहल बढेतापनि हामीलाई अझैसम्म दैनिक बाहिर जान भने खुल्ला छैन । जुन एक्दमै राम्रो हो । नयाँ बिरामीहरु अझै निको हुनेक्रममा रहेकोले घरमा बस्नु नै उपयुक्त हुन्छ । जसरी चीनले धेरै हदसम्म कोरोनाको जोखिम कम गर्न सफल भयो तर धेरै युरोपेली देशहरूमा भने मान्छे मर्ने क्रम रोकिएको छैन । इटलीमा मात्र ६००० बढिले ज्यान गुमाइसकेका छन् ।

अहिले नेपाल सरकारले लगाएको लकडाउनमा धेरै मान्छेहरुले हेलचक्राइ गरेको देखिन्छ, जुन एक्दमै गलत छ । कोरोना लाग्दैमा मान्छे मर्छ भन्ने छैन तर रोग लागेर उपचार गराउनु भन्दा रोगै लाग्न नदिनु बुद्धिमानी भन्ने भनाई आत्मसाथ गर्ने बेला आएको छ ।

नेपाल सरकारले गरेको लकडाउन एक्दमै सराहनीय छ । यो निर्णयले पक्कै पनि गुजारा गर्न दैनिक काम गर्नुपर्ने परिवारलाई असर पर्छ । यस्तो समयमा सबैले एकअर्कालाई सहयोग गरेर अघि बढ्नु पर्छ । सरकार तथा विश्व स्वास्थ्य संगठनको सुझावलाई आत्मसाथ गदै तथा लकडाउनको समयमा घरमै बस्नाले आफूमात्र नभई परिवार र समाजलाई सङ्क्रमण हुनबाट जोगाउन सकिन्छ । कृपया अति आवश्यक नपरेसम्म घरबाट बाहिर ननिस्की एक जिम्मेवार नागरिकको परिचय दिनुहोस् ।

(लेखक नेपाल नान्जिङ युनिभर्सिटी अफ एरोनोन्टक्स एण्ड एस्ट्रोनोटिक्स स्नातक चौंथो वर्षका विद्यार्थी हुन् । )

वि.सं.२०७६ चैत १२ बुधवार ११:५५ मा प्रकाशित

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...