back
CTIZAN AD

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

वि.सं.२०७६ चैत १२ बुधवार

2.8K 

shares

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना भनौ वा हातहतियार नलिईकन । छुट्टि लिन वा जागिर छोड्न उसको ईथिक्सले दिदैन रे ? त्यो एक्काईस बाईस वर्षे अल्लारे केटीमा जति जिम्मेवारी बोध तपाईं परिपक्क मानिसमा नआएको देख्दा अचम्म लाग्छ । मेरा दिदीबहिनीहरूअस्पतालमा डियुटी गै रहेछन् म घरमा बसेर छट्पटी रहेको छु ।

उसँग जाँदा जस्तो उत्साह फर्कदा रहदैन । आफूसँगै कोरोन भाईरस आएको छ कि डराउदै आउछे । डिउटी आठ घण्टाबाट बढाएर बाह्र घण्टा पु¥याएको छ । उसले र उसका साथीहरूले तलब बढोस् काम अनुसारको सुविधा खै ? भनेर नेताले जस्तो माग राखेका छैनन् र राख्दैनन् पनि । तर पिपिए (ब्यक्तिगत सुरक्षा कबच) पाए हुने भन्ने चाहना राख्नु गलत होईन । किनकि विरामीबाट उनीहरू मात्र संक्रमित हुने होईन धेरै विरामी हेर्नु पर्ने हुदा एकबाट अर्कोमा उनीहरूबाटै पनि सर्न सक्छ ।

युद्ध विनै, हतियार नभइ, दुश्मनी नभइकन पनि विश्व यसरी आतङ्कित हुदो रहेछ । हामीले देख्दै र भोग्दैछम् ।

सुन्दा सामान्य भएपनि उपचार विधि र औषधीको पत्तो नलाग्दा कोरोना भाईरसले डरलाग्दो रुप लिदै छ ।

प्राय सबै देशहरू लक डाउन गरिरहेछन् जसरी हाम्रो देशले गरेको छ तर तपाई हामी चै हेलचक्राई गरिरहेका छौ ।

कोरोनाबाट मात्र होईन यति खेर तपाँई लडेर, टाउको दुखेर, पेट दुखेर, खुट्टा भाँचेर कुनै पनि कारणले अस्पताल जान नपर्ने गरि आफ्नो ख्याल गरेर बस्नुस ।

लक डाउन भएपछि मेरी छोरीले भनेकी थिई ;थ्याङस गढ कमसेकम एक्सिडेन्ट केश त नआउने भयो ।’

तपाई लडेर अस्पताल जानू पर्ला रे कोरोना सर्यो भने ?
होसियार भौ । खेलाचि नसम्झौ ।

जिज्ञासा :
अनि साँचै सात प्रदेशका प्रमुखहरू सेवा सुविधाको माग गर्दै डेलिगेसन आउनु भएको थियो कहाँ पुग्नु भयो होला ?

(साहित्यकार गीता रेग्मीको फेसबुक वालबाट)

 

वि.सं.२०७६ चैत १२ बुधवार १०:४५ मा प्रकाशित

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...