back
CTIZAN AD

कोरोना विशेष अस्पताल भरतपुरमा मृत्यु भएका युवामा कोरोना नेगेटिभ

वि.सं.२०७६ चैत १२ बुधवार

825 

shares

१२ चैत, काठमाण्डौं । भरतपुरको कोरोना विशेष अस्पतालमा मंगलबार मृत्युभएका युवाको स्वाव परीक्षणमा कोरोना नेगेटिभ देखिएको छ ।

चैत ९ गते कोरोना भाइरस संक्रमणको आशंकमा उक्त अस्पतालमा भर्ना भएका ती युवाको स्वाव परीक्षणका लागि टेकुमा पठाइएको थियो ।

ती युवामा संक्रमण नदेखिएको अस्पतालाका प्रमुख डाक्टर भोजराज अधिकारीले संसारन्युजलाई जानकारी दिएका छन् । अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा.रुना झाले यसबारेमा टेलिफोन गरेर कोरोना नेगेटिभ भएको जानकारी दिएकी हुन् ।

पहिलेदेखि मिर्गौलाका विरामी रहेका वीरगन्ज २२ जगन्नाथपुरका ३० वर्षीय सन्तोष यादवको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको थियो ।

लुपस नामक रोगबाट पीडित रहेका उनमा ज्वरो र निमोनिया देखिएपछि चितवन मेडिकल कलेजले कोरोना विशेष अस्पतालमा रिफर गरेको थियो ।

कोरोना संक्रमणको आशंकामा टेकु अस्पतालमा हालसम्म ५ सय ८७ जनाको नमुना परीक्षण गरिएको छ । ती मध्ये चीन, फ्रान्स र खाडीबाट आएका तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । तीमध्ये एक जना निको भइसकेका छन् ।

वि.सं.२०७६ चैत १२ बुधवार १३:२९ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...