अष्ट्रियामा रहेका संचारकर्मी सागर सुवेदीले नेपालमा कोरोना भाइरसको संक्रमण र नेपाल सरकारले त्यसको रोकथाम तथा नियन्त्रणका लागि अपनाउनु पर्ने सर्तकताका बारेमा ८ बुँदे सुझाव दिएका छन् ।
अष्ट्रियामा बसेर निरन्तर संचारक्षेत्रमा कलम चलाउँदै आएका सुवेदीले दिएका ८ बुँदे सुझावहरु यसप्रकार रहेका छन् ।
नेपालको कानुनी प्राबधान अलिक झन्झटिलो अनि लामो । अहिलेको कोभिड महामारीका निमित्त सरकारले संसदमा एक कानुनी प्राबधान भएको बिषेश ऐन बनाई पारित गरिनु पर्छ । यसो गर्दा स्वयम् सरकारलाई काम गर्न अनि गराउन सहज हुन्छ ।
जसमध्ये
१ -बर्तमान अबस्थामा कानुन पालना (जघन्य बाहेक) नगर्नेहरु लाई लाठिले हिर्काउने तथा पक्राउ गर्ने नभएर ठाउँको ठाउँ अधिक जरिवानाको ब्यबस्था गर्ने, लाठि हान्दा संक्रमण भएको ब्यक्ति पर्यो भने ठहरै हुन सक्ने साथै सुरक्षाकर्मी स्वयम् संक्रमित हुन सक्ने डर हुने ।
२ -कालोबजारी हरुलाई पनि पक्राउ या लाइसेन्स क्यान्सिलको ठाउमा ठाउको ठाउ जरिमाना गर्ने (चर्को)
३-यो महामारीको समयमा कर्तब्यबाट भागेका अस्पताल या क्लिनिकहरुको चाबी फुटाएर प्रहरी तथा सेनामा भएका स्वास्थ्यकर्मीबाट संचालन गर्ने ब्यबस्था गर्ने र महामारी पछि त्यो अस्पतालको सम्पूर्ण सम्पति जफत गर्ने ।
४- कोरोनाको संका देखिदा साथ् आफ्नो अस्पतालमा प्रबेस गर्न नदिने ‘नाफाखोर प्राइभेट अस्पताल’ हरुलाई सरकारको बिषेश एन बमोजिम हस्तक्षेप गरेर सरकार मातहत संचालन गर्ने ।
५ -संक्रमणको संका भएकाहरुलाई अस्पताल जान नदिन अधिक प्रचार गर्ने तथा हरेक नागरिकले पहुँच पाउन सक्ने हटलाइनको ब्यबस्था गर्ने र उक्त हटलाइनमा जनताका प्रश्नको जवाफ दिन देशभरवाट थोरैमा हजार जना जनशक्ति तयार गरी खटाउने, ताकि जनताले सत्य के हो र घरमै बसेर सामान्य अबस्थामा संक्रमण भएको बिरामी अस्पताल नआइकन निको पार्न सकिने बिधिको बारेमा जानकारी दिने तथा कस्तो अबस्थामा कुन अस्पताल जाने हट्लाइन मार्फत नै जाने ब्यबस्था गर्ने ।
६ -यो अबस्थामा सबैभन्दा संक्रमण हुन सक्ने हरेक स्वास्थकर्मी, प्रहरी, तथा सम्बन्धित व्यक्तिलाई थोरैमा एक दिने ‘विशेष तालिम’ दिने ।
७ -मैले प्रत्यक्ष सामाजिक संजालमा देखेको भरतपुर महानगर प्रमुख रेणु दाहाल तथा कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले बनाए जस्तो कोरोना अस्पतालहरु कोरोना लागेका बिरामीहरुलाई सेवा दिनको साटो झन् संक्रमण बढाउनेतर्फ ध्यान दिदै यो बिषयमा जानेका व्यक्तिसँग सुझाव लिएर भएका जिल्ला अस्पतालहरुमा भेन्टिलेटर समेतका ‘आइसोलेटेड’ बेडहरु तयार गर्ने ।
८- प्रधानमन्त्री मातहत गृह, रक्षा, स्वास्थ मन्त्रालयको समन्वयमा एक बिशेष टिम गठन गर्ने (डाक्टर, सेना, प्रहरी ) जसको अधिकार यो महामारी भर जुनसुकै क्षेत्रमा तत्काल प्रयोग गर्न सक्ने गरी (निर्देशन तथा समन्वय) ।
वि.सं.२०७६ चैत १३ बिहीवार १०:२४ मा प्रकाशित






























