back
CTIZAN AD

महामारी नियन्त्रणः यस्तो छ महाशीला, पैंञ्यु र विहादीको तयारी

वि.सं.२०७६ चैत १४ शुक्रवार

948 

shares

१४ चैत, पर्वत । गण्डकी प्रदेश पर्वत जिल्लाको दक्षिणी भेगले कोरोना भाइरसविरुद्धको अभियानमा अग्रता हासिल गर्दै गएको छ ।

पर्वतको सदरमुकाम कुश्माबाट दक्षिणतर्फ रहेको महाशीला गाउँपालिकाले विदेशबाट आएकाको नाम संकलन, क्वारेन्टाइनको व्यवस्थापन र गरिव तथा कमजोरहरुको बसाई तथा खानाको लागि समेत तयारी गरेको बताइसकेको छ ।

महाशीलाले ‘आफैं, पीपीई तयार गरेर’ स्थानीय सरकारको प्रत्याभुति गराउने प्रयास गरेको छ । महाशीला गाउँपालिकाका अध्यक्ष राजु पौडेल आफैमा विकासप्रेमी रणनीतिकारका रुपमा परिचित हुँदै आएका छन् भने सो पालिकाको वडा नं ५ का अध्यक्ष जीवन उचै ठकुरी रचनात्मक र जनमुखी काम गरेर पर्वतका वडा अध्यक्षहरुवीच सर्वाधिक लोकप्रिय देखिएका छन् । सो पालिकाका अन्य जनप्रतिनिधि र कर्मचारीहरुको संयोजन र कार्यसम्पादन पनि राम्रो रहेको छ । सो पालिका भौगोलिक रुपले सबैभन्दा बिकट मानिन्छ ।

यसैगरी पर्वतको सुदूर दक्षिणमा स्याङजासँग बढि सीमा जोडिएको पैञ्यू गाउँपालिकाले पनि महामारी रोक्ने प्रयासहरु अघि बढाएको छ । सो गाउँपालिकामा स्थानीयतहको लामो अनुभव बटुलेका खगेन्द्र प्रसाद तिवारी अध्यक्ष रहेका छन् भने नेतृ जसमति गुरुङ उपाध्यक्ष रहेकी छन् ।

पत्रकार निर्भिक नारायण भुर्तेलले सो सम्बन्धमा लगातार रिर्पोट गरेका थिए ।  सो  सँगै गाउँपालिकाबाट केही सकारात्मक काम बढेका छन् । । सो पालिकाले सबैभन्दा पहिले वक्तव्य निकालेर सू–सूचित गराउने प्रयत्न गर्यो भने विहिबारसम्म आइपुग्दा विदेशबाट आएका ५० जना जतिलाई ‘होम क्वारेन्टाइन’ मा राखेको समाचार संप्रेषण गर्यो ।

सो पालिकाको स्वास्थ्य संयोजन गर्ने पूर्णप्रसाद न्यौपानेले विदेशबाट फर्केर आएकालाई खोजी खोजी होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको, RRT गठन गरी ओरियन्टेशन गरिएको, विद्यालय र सामुदायिक शिक्षा संचालन गरिएको, पर्चा पम्पलेट र विपद् व्यवस्थापन समिति गठन गरिएको बताएका छन् ।  यद्यपी सो पालिकाले आवस्यक र उचित व्यवस्थापन गर्न नसकेको प्रतिक्रिया नेकपा नेता दिलीप सेनले संजालमार्फत् व्यक्त गरेका छन् ।
यसैगरी सुदूर दक्षिणमा गुल्मीसँग सीमा जोडिएको बिहादी गाउँपालिकाले शुरुमा सूचना सार्वजनिक गरी क्वारेन्टाइनको व्यवस्था मिलाएको, असहाय तथा कमजोरहरुको लगत तयार गरी व्यवस्थापनको प्रयासमा रहेको जनाएको छ ।

सो पालिकामा पनि विगतमा जिविस सदस्य भै लामो अनुभव बटुलेका कमल प्रसाद भुसाल अध्यक्ष रहेका छन् । सो पालिकामा क्रियाशील नेकपा पर्वतका जिल्ला सचिवालय सदस्य ऋषिराम भुसालको संयोजनमा पसलहरुमा लाइन मार्किङ गराउने अभियान पनि सुरु भएको छ ।

वि.सं.२०७६ चैत १४ शुक्रवार १२:४२ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...