
१४ चैत्र काठमाडौं । चिनिया राष्ट्रपति सिजिङफिङले कोरोनामा आफूहरुले सजकता देखाएको बताएका छन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले कोरोना भाइरसका बिरुद्ध चालेको कदम एकदम नै सह्रायिन छ भनेर ट्विट गरेपछि सिको यस्तो प्रतिकृया आएको हो ।
चिनियाँ सरकारी संचारमाध्यमका अनुसार, राष्ट्रपति सिले कोरोना भाईरस बिरुद्धको लडाईमा चीन र संयुक्त राज्य अमेरिका एकजुट छन । सिले कोरोना भाईरसको बारेमा सधैं सजकता देखाएको पनि बताएका छन ।
यस अघि अमेरिकी राष्ट्रपति ट्रम्पले निकै समय पछि मात्र चीनले कोरोनाबारे बिश्वलाई जानकारी गराएको आरोप लगाएका थिए ।
चीनले अमेरिकालाई कोरोना भाईरससंग लड्न सहयोग पुर्याएको र अमेरिकाले पनि त्यहाँ बस्ने चिनियाँहरुलाई हेरचाह गर्न आबस्यक कदम चाल्ने विश्वास लिएको सि ले बताए ।
चीनले तिब्र रुपमा कोरोना भाईरस फैलिरहेका यूरोप, एसिया, अफ्रिका लगायतका देसहरुमा कोरोनाबिरुद्ध लड्न स्वास्थ्यकर्मीको टोली पठाइरहेको सिको भनाई छ ।
वि.सं.२०७६ चैत १४ शुक्रवार १४:१६ मा प्रकाशित