back
CTIZAN AD

 नेपालद्वारा मलेसिया एक विकेटले पराजित

वि.सं.२०७३ पुस ३ आइतवार

1.2K 

shares

३ पुस,काठमाडौँ  । एसिसि १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूहको तेस्रो तथा अन्तिम खेलमा नेपालले मलेसियालाई १ विकेटले पराजित गरेको छ ।

कोलम्बोमा भएको खेलमा मलेसियाले दिएको १५४ रनको लक्ष्यलाई पछ्याएको नेपालले ४४.४ ओभर खेल्दै पूरा ग¥यो । जितका लागि अनिल साहले ३२, अभिनाश कर्णले २५ र दीपेन्द्रसिंह ऐरीले २२ रनको योगदान गरे । त्यसैगरी, पवन सर्राफ २९ र कप्तान सन्दिप लामिछाने ३ रनमा अविजित रहँदै खेल जिताउन महत्वपूर्ण योगदान गरे ।

मलेसियाका विरनदीप सिंहले ३, मोहम्मद हाफिज, मोहम्मद आमिर र सेयद आजिदले समान २ विकेट लिएका लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनको योगफल तयार गरेको थियो । मलेसियाका ब्याट्सम्यान वीरनदीप सिंहले सर्वाधिक ७५ रनको योगदान दिए । १२० बल खेलेका सिंहले सात चौका प्रहारको मद्दतमा ७५ रन जोडेका हुन् ।

त्यसैगरी, मलेसियाका अर्का ब्याट्सम्यान मोहम्मद हसिफ २१ तथा सेफ उल्लाह मलिकले ११ रन जोडे । बलिङतर्फ नेपालका अदिल खान एक्लैले तीन विकेट लिए भने कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान दुई÷दुई विकेट लिए । रासस

वि.सं.२०७३ पुस ३ आइतवार १२:५२ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...