back

 नेपालद्वारा मलेसिया एक विकेटले पराजित

वि.सं.२०७३ पुस ३ आइतवार

741 

shares
GLOBAL IME AD
NTC AD

३ पुस,काठमाडौँ  । एसिसि १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूहको तेस्रो तथा अन्तिम खेलमा नेपालले मलेसियालाई १ विकेटले पराजित गरेको छ ।

कोलम्बोमा भएको खेलमा मलेसियाले दिएको १५४ रनको लक्ष्यलाई पछ्याएको नेपालले ४४.४ ओभर खेल्दै पूरा ग¥यो । जितका लागि अनिल साहले ३२, अभिनाश कर्णले २५ र दीपेन्द्रसिंह ऐरीले २२ रनको योगदान गरे । त्यसैगरी, पवन सर्राफ २९ र कप्तान सन्दिप लामिछाने ३ रनमा अविजित रहँदै खेल जिताउन महत्वपूर्ण योगदान गरे ।

मलेसियाका विरनदीप सिंहले ३, मोहम्मद हाफिज, मोहम्मद आमिर र सेयद आजिदले समान २ विकेट लिएका लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनको योगफल तयार गरेको थियो । मलेसियाका ब्याट्सम्यान वीरनदीप सिंहले सर्वाधिक ७५ रनको योगदान दिए । १२० बल खेलेका सिंहले सात चौका प्रहारको मद्दतमा ७५ रन जोडेका हुन् ।

त्यसैगरी, मलेसियाका अर्का ब्याट्सम्यान मोहम्मद हसिफ २१ तथा सेफ उल्लाह मलिकले ११ रन जोडे । बलिङतर्फ नेपालका अदिल खान एक्लैले तीन विकेट लिए भने कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान दुई÷दुई विकेट लिए । रासस

वि.सं.२०७३ पुस ३ आइतवार १२:५२ मा प्रकाशित

नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा

नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा

काठमाडौँ, ५ जेठ स् नेपालले पहिलो पटक आइसिसी महिला टी–२०...

गण्डकी कप महिला फुटबल आगामी असारमा

गण्डकी कप महिला फुटबल आगामी असारमा

गण्डकी । प्रथम गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार...

चीनमा मानिस र रोबोटबिच दौड प्रतियोगिता

चीनमा मानिस र रोबोटबिच दौड प्रतियोगिता

काठमाडौँ । चीनमा मानिस र रोबोटबिच हाफ म्याराथन दौड भएको...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

काठमाडौँ । यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२’ आजदेखि...

विहादी गाउँपालिकामा ‘अध्यक्ष कप-२०८२’ आयोजना गरिँदै

विहादी गाउँपालिकामा ‘अध्यक्ष कप-२०८२’ आयोजना गरिँदै

विहादी गाउँपालिका पर्वतले ‘गाउँपालिका अध्यक्ष कप–२०८२’ अन्तर्गत भलिबल प्रतियोगिता तथा...

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल...