back

नसर्ने रोगको प्रकोप रोक्न ‘हेल्थ प्रमोसन सेन्टर’खोल्ने तयारी

वि.सं.२०७३ पुस ३ आइतवार

228 

shares
NTC AD
Global IME AD

gagan thapa

काठमाडौँ  । पछिल्लो समय नसर्ने रोगको बिगबिगी बढ्न थालेपछि यसबारे जनतालाई सचेत गराउने उद्देश्यले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य प्रवद्र्वन केन्द्र (हेल्थ प्रमोसन सेन्टर) खोल्ने तयारी गरेको छ ।

राजधानीमा जनचाप धेरै हुने र पूर्वाधार भएको स्थान हेरी प्रारम्भमा कम्तीमा १० वटा सेन्टर खोल्ने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले अहिले सञ्चालनमा रहेका सहरी स्वास्थ्य क्लिनिकलाई परिमार्जन गरी थप जनशक्तिसहित हेल्थ प्रमोसन सेन्टर खोल्न लागिएको बताउनुभयो ।

यस्ता सेन्टरको व्यवस्थापन काठमाडौँ महानगरपालिकाले गर्ने र आर्थिक स्रोतका लागि मन्त्रालय र महानगरले समान लगानी गर्ने बताइएको छ ।

यस्ता सेन्टरमा एक/एकजना एमबिबिएस डाक्टर, ल्याब र एक जनस्वास्थ्य अधिकृत रहने छन् जसले नसर्ने रोगका बारेमा परामर्श दिने र पिसाबको जाँचद्वारा मिर्गौला र अन्य रोगको परीक्षण निःशुल्क गर्ने व्यवस्था गरिने श्रेष्ठले बताउनुभयो ।

सेन्टरले रोग लागेका व्यक्तिलाई सम्बन्धित अस्पतालमा पठाउने र जोखिममा रहेका व्यक्तिलाई जीवनशैली परिवर्तन र खानपानका लागि उपयुक्त सुझाव दिनेछ । सेन्टरको प्रमुख उद्देश्य रोग लाग्नै नदिनु र जोखिममा रहेका व्यक्तिलाई जोगाउनु रहेको उहाँको भनाइ छ ।

केही समयअघि सरुवा रोगले ग्रस्त बनाएको नेपालमा जीवनशैलीमा आएको परिवर्तनसँगै बदलिएको खानपान, रहनसहनले नसर्ने रोगले व्यापकता लिँदै आएको छ । सरकारको पछिल्लो तथ्याङ्क हेर्ने हो भने अहिले ६० प्रतिशत नसर्ने र ४० प्रतिशत सरुवा रोगका कारण मानिसको मृत्यु हुने गरेको छ ।

श्रेष्ठले भन्नुभयो, “सेन्टरमा रहेका जनस्वास्थ्य अधिकृतले खानेपानी, खाद्यान्न, रेस्टुराँ, होटल लगायतका क्षेत्रमा गुणस्तर अनुगमन पनि गर्नेछन् । व्यायाम र योगको पनि व्यवस्था हुनेछ ।”

चरणबद्ध रुपमा देशभरका सहरी स्वास्थ्य क्लिनिकलाई हेल्थ प्रमोसन सेन्टरमा परिमार्जन गर्ने मन्त्रालयको योजना रहेको छ । रासस

वि.सं.२०७३ पुस ३ आइतवार १२:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

घोराही (दाङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो...