back
CTIZAN AD

नसर्ने रोगको प्रकोप रोक्न ‘हेल्थ प्रमोसन सेन्टर’खोल्ने तयारी

वि.सं.२०७३ पुस ३ आइतवार

978 

shares

gagan thapa

काठमाडौँ  । पछिल्लो समय नसर्ने रोगको बिगबिगी बढ्न थालेपछि यसबारे जनतालाई सचेत गराउने उद्देश्यले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य प्रवद्र्वन केन्द्र (हेल्थ प्रमोसन सेन्टर) खोल्ने तयारी गरेको छ ।

राजधानीमा जनचाप धेरै हुने र पूर्वाधार भएको स्थान हेरी प्रारम्भमा कम्तीमा १० वटा सेन्टर खोल्ने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले अहिले सञ्चालनमा रहेका सहरी स्वास्थ्य क्लिनिकलाई परिमार्जन गरी थप जनशक्तिसहित हेल्थ प्रमोसन सेन्टर खोल्न लागिएको बताउनुभयो ।

यस्ता सेन्टरको व्यवस्थापन काठमाडौँ महानगरपालिकाले गर्ने र आर्थिक स्रोतका लागि मन्त्रालय र महानगरले समान लगानी गर्ने बताइएको छ ।

यस्ता सेन्टरमा एक/एकजना एमबिबिएस डाक्टर, ल्याब र एक जनस्वास्थ्य अधिकृत रहने छन् जसले नसर्ने रोगका बारेमा परामर्श दिने र पिसाबको जाँचद्वारा मिर्गौला र अन्य रोगको परीक्षण निःशुल्क गर्ने व्यवस्था गरिने श्रेष्ठले बताउनुभयो ।

सेन्टरले रोग लागेका व्यक्तिलाई सम्बन्धित अस्पतालमा पठाउने र जोखिममा रहेका व्यक्तिलाई जीवनशैली परिवर्तन र खानपानका लागि उपयुक्त सुझाव दिनेछ । सेन्टरको प्रमुख उद्देश्य रोग लाग्नै नदिनु र जोखिममा रहेका व्यक्तिलाई जोगाउनु रहेको उहाँको भनाइ छ ।

केही समयअघि सरुवा रोगले ग्रस्त बनाएको नेपालमा जीवनशैलीमा आएको परिवर्तनसँगै बदलिएको खानपान, रहनसहनले नसर्ने रोगले व्यापकता लिँदै आएको छ । सरकारको पछिल्लो तथ्याङ्क हेर्ने हो भने अहिले ६० प्रतिशत नसर्ने र ४० प्रतिशत सरुवा रोगका कारण मानिसको मृत्यु हुने गरेको छ ।

श्रेष्ठले भन्नुभयो, “सेन्टरमा रहेका जनस्वास्थ्य अधिकृतले खानेपानी, खाद्यान्न, रेस्टुराँ, होटल लगायतका क्षेत्रमा गुणस्तर अनुगमन पनि गर्नेछन् । व्यायाम र योगको पनि व्यवस्था हुनेछ ।”

चरणबद्ध रुपमा देशभरका सहरी स्वास्थ्य क्लिनिकलाई हेल्थ प्रमोसन सेन्टरमा परिमार्जन गर्ने मन्त्रालयको योजना रहेको छ । रासस

वि.सं.२०७३ पुस ३ आइतवार १२:५५ मा प्रकाशित

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३४ पुगेको...

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

काठमाडौं । रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेको भोटेकोसी नदीमा...

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

धादिङ । प्रलयकारी बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

काठमाडौं । गत २६ अगस्टमा भोटेकोसी–त्रिशूली नदी बेसिनमा आएको विनाशकारी...

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...