back

निम्बसद्वारा व्यञ्जन ब्रान्डको खाने तेल बजारमा

वि.सं.२०७३ पुस ३ आइतवार

270 

shares
NTC AD
Global IME AD

३ पुस,काठमाडौँ  । निम्बसले तेलको नयाँ ब्रान्ड ‘व्यञ्जन’ आजदेखि बजारमा ल्याएको छ । यस व्यञ्जन ब्रान्डअन्तर्गत हाल सूर्यमुखी र तोलीको तेल उपलब्ध छन् ।

व्यञ्जनको सूर्यमुखी र तोरीको एक र दुई लिटरको बोटल तथा एक÷एक लिटरको पाउच हाल बजारमा उपलब्ध छन् । एक लिटर सूर्यमुखी तेलको मूल्य रु १९० कायम गरिएको छ भने एक लिटर तोरीको तेलका मूल्य रु २०० कायम गरिएको आज आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइयो ।

बजारमा ल्याएको तेलको प्याकेट अन्य तेलको प्याकेटभन्दा भिन्न रहेको कम्पनीले दाबी गरेको छ ।

वीरगन्जमा करिब ५५ करोडको लागतमा तेल उद्योग स्थापना गरेको निम्बसले दैनिक सय टन भटमास, ५० टन सूर्यमुखी र ६० टन तोरीको तेल उत्पादन गर्ने गरेको जनाएको छ ।

सन् २००४ देखि कृषि क्षेत्रमा काम गर्दै आएको यस कम्पनीले विशेष गरेर कुखुराको दाना उत्पादन गर्ने काम गर्दै आइरहेको कम्पनीका वरिष्ठ प्रबन्धक डा शीतलकाजी श्रेष्ठले बताउनुभयो । रासस

वि.सं.२०७३ पुस ३ आइतवार १३:०२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर...

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एभरेष्ट बैंकले ग्लोबल मनी वीक २०२४ कार्यक्रम सम्पन्न...