back
CTIZAN AD

निम्बसद्वारा व्यञ्जन ब्रान्डको खाने तेल बजारमा

वि.सं.२०७३ पुस ३ आइतवार

1.1K 

shares

३ पुस,काठमाडौँ  । निम्बसले तेलको नयाँ ब्रान्ड ‘व्यञ्जन’ आजदेखि बजारमा ल्याएको छ । यस व्यञ्जन ब्रान्डअन्तर्गत हाल सूर्यमुखी र तोलीको तेल उपलब्ध छन् ।

व्यञ्जनको सूर्यमुखी र तोरीको एक र दुई लिटरको बोटल तथा एक÷एक लिटरको पाउच हाल बजारमा उपलब्ध छन् । एक लिटर सूर्यमुखी तेलको मूल्य रु १९० कायम गरिएको छ भने एक लिटर तोरीको तेलका मूल्य रु २०० कायम गरिएको आज आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइयो ।

बजारमा ल्याएको तेलको प्याकेट अन्य तेलको प्याकेटभन्दा भिन्न रहेको कम्पनीले दाबी गरेको छ ।

वीरगन्जमा करिब ५५ करोडको लागतमा तेल उद्योग स्थापना गरेको निम्बसले दैनिक सय टन भटमास, ५० टन सूर्यमुखी र ६० टन तोरीको तेल उत्पादन गर्ने गरेको जनाएको छ ।

सन् २००४ देखि कृषि क्षेत्रमा काम गर्दै आएको यस कम्पनीले विशेष गरेर कुखुराको दाना उत्पादन गर्ने काम गर्दै आइरहेको कम्पनीका वरिष्ठ प्रबन्धक डा शीतलकाजी श्रेष्ठले बताउनुभयो । रासस

वि.सं.२०७३ पुस ३ आइतवार १३:०२ मा प्रकाशित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...